जिरीलाई नेपालको स्वीजरल्याण्डका रुपमा विकास गरिने (भिडियोसहित)

टंक जिरेल, मेयर जिरी नगरपालिका । तस्बिरः बिएल नेपाली सेवा

एक समय सगरमाथाको प्रवेशद्वारका रुपमा परिचित दोलखाको जिरीलाई नेपालको स्वीजरल्याण्डका रुपमा विकास गरिने भएको छ । यसका लागि जिरी नगरपालिकाले पूर्वाधार निर्माणका साथै प्रचारात्मक कार्यक्रम गर्दैछ ।

नगरपालिकाका प्रमुख टंक जिरेलका अनुसार जिरीमा तीन रात बसेर मज्जाले घुमफिर गर्ने ठाउँ छन् । ती ठाउँको प्रचार गरि विशेषतः आन्तरिक पर्यटक भित्र्याउने प्रयासमा लागेको उनले सुनाए ।

स्वीजरल्याण्डको जुरिच सहर र जिरीको हावापानी तथा भुगोल उस्तैउस्तै भएकाले जिरीलाई नेपालको स्वीजरल्याण्ड भनिँदै आएको छ । यसैबीच जिरीको आक्रामक प्रचार गर्ने उद्देश्यले प्रगतिशील युवा सशक्तिकरण केन्द्रले ‘जाऔं है जिरी’ अभियान चलाउँदै छ । केन्द्रका अध्यक्ष लिलाराम खड्काका अनुसार भदौमा शुभारम्भ गरिने अभियानमा वर्ष दिनसम्म विभिन्न कार्यक्रम गरिने छ ।

यस्तो छ जिरी

प्रकाशित मिति: : 2019-08-10 12:28:28

प्रतिकृया दिनुहोस्