वीरगञ्जको विर्ताबजारमा शुक्रबार बेलुकी करीब पौने ८ बजे भएको बम बिस्फोटबाट २ जना गम्भिर घाईते भएका छन् ।
घाईते हुनेमा सिमावर्ति भारतको रक्सौलका ३० बर्षिय मिठु शंकर साह र वीरगञ्ज वडा नं. ३ की स्थानीय सीता गिरी रहेका छन् । साह विर्ता बजारमा कागतीको व्यापार गर्छन् भने गिरी किनमेलका लागि त्यहाँ पुगेको विर्ता प्रहरीले जनाएको छ ।
बिक्रेता साहको दायाँ हात र खुट्टामा बमको छर्रा लाग्दा गम्भीर घाइते भएका छन् भने ९ महिनाकी गर्भवती गिरी बेहोस भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारको लागि स्थानीय नारायणी अस्पतालमा भर्ना गरिएको छ ।
विर्ता बजारमा प्रत्येक मंगलबार र शुक्रबार हाटबजार लाग्ने गर्छ । शुक्रबारे हाट बजारकै दिन सुतली बम विस्फोट भएको हो ।
बम कसले बिस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौंरले बताए ।