विश्वको मानचित्रलाई मोटामोटी तीन तरिकाले बुझ्न सकिन्छ। भौगोलिक सीमाङ्कन जमिन र पानी, पठार र प्रायद्विप, समुद्र र महासागरको आधारमाविश्वको अर्थ लगाउन सकिन्छ।
महादेश र राज्य, टापु र क्षेत्रीय समुद्र, महादेशको समतल र विशेष आर्थिक क्षेत्रजस्ता राजनीतिक सीमाबाट पनि विश्वलाई बुझ्न सकिन्छ। तेस्रो तरिका पनि छ। माथि उल्लेखित दुवैभन्दा परको स्थानको परिकल्पनाले पनि नक्साको विवेचना गर्न सकिन्छ।
साधारण अर्थमा, एउटा स्थानको मानसिक नक्सा निर्माण गर्ने। यस्तो काल्पनिक स्थानको अस्तित्व भौगोलिक नक्सामा नहुनसक्छ जस्तै अफ्गानिस्तान पाकिस्तान क्षेत्र वा विद्यमान राजनीतिक आयामसँग मेल नखान पनि सक्छ जस्तै एसिया प्रशान्त क्षेत्र।
इन्डो प्यासिफिक त्यस्तै एउटा मानसिक नक्सा हो जसले पछिल्ला समयमा निकै चर्चा पाएको छ। हरेक काल्पनिक स्थानजस्तै, उक्त स्थानको विशेषता र कसले परिकल्पना हो, त्यसबारे विमति छ।
“जियो स्पासियलिटी”को सवालमा हिन्द महासागर र प्रशान्त महासगरबीच अन्तरसम्बन्धित स्थानलाई इन्डो प्यासिफिक भनेर व्याख्या गर्ने गरिन्छ। यो अफ्रिकाको पूर्वी सामुन्द्रिक तटदेखि अमेरिकाको पश्चिमी तटसम्म फैलिएको मानिन्छ।
यद्यपि, प्रत्येक पक्ष र त्यो विशाल प्रसारमा उनीहरूको भौगोलिक अवस्थितिका आधारमा परिभाषा पनि भिन्न छ। व्यवहारिक बुझाइमा, दुई महासागरको अन्तरसम्बन्ध र अन्तर्निर्भता बढ्दो विश्वव्यापीकरण, व्यापार र विभिन्न पक्षबीच बदलिँदो समीकरणको उत्पादन हो जसले पुरानो सीमा भत्काएको छ र नयाँ मार्ग खोलेको छ।
महासागरमा बढ्दो गतिशीलताले एकीकृत पद्धती अवलम्बन गर्न सहयोग गरेको छ। यहाँ विश्वका सबैभन्दा महत्वपूर्ण समुन्द्री मार्ग भएकाले राजनीति र अर्थशास्त्रको सवालमा इन्डो प्यासिफिकलाई विश्वको केन्द्रका रूपमा हेरिन्छ। अत्यधिक उर्जाको माग भएका विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश यही क्षेत्रको किनारमा छन्। विश्वकै उत्कृष्ट “ग्लोबल कमन्स” यतै फैलिएका छन्।
इन्डो प्यासिफिकलाई रणनीतिक रूपले मुख्य व्यापारिक मार्ग मलाक्काको जलसन्धिले दुई महासागरलाई जोडेको एउटा निरन्तरताको रूपमा हेरिन्छ। इन्डो प्यासिफिकको रणनीतिक परिकल्पनाको उदयलाई दुई वृहत कारणले व्याख्या गर्दछ। पहिलो, सो क्षेत्रमा चीनको बढ्दो पद चिन्ह र दोस्रो, तुलनात्मक रूपले घट्दो अमेरिकाको गठबन्धन प्रणाली र पुनर्उत्थानका लागि गरिएको प्रयास।