७ विकेट लिँदै दक्षिण अफ्रिकाका एकरम्यानद्वारा टी-२० क्रिकेटमा विश्व किर्तिमान

दक्षिण अफ्रिकाका युवा अल-राउण्डर कोलिन एकरम्यान। तस्बिरः एजेन्सी

दक्षिण अफ्रिकाका युवा अल-राउण्डर कोलिन एकरम्यानले टी-२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन्।

इंग्ल्याण्डको टी-२० घरेलु प्रतियोगिता भाइटालिटी टी-२० ब्लास्ट अन्तर्गत बुधबार राति सम्पन्न लिसेस्टरसायर र बर्मिन्घम बियर्स बीचको खेलमा पार्ट टाइम अफ स्पिनर एकरम्यान एक्लैले ७ विकेट लिँदै नयाँ विश्व कीर्तिमान बनाएका हुन्।

ओली महाराज, कम्तिमा अलिकति शर्म त गरिबक्सियोस् !

यसरी चल्छ परदेशको जिन्दगी!

यसअघि टी-२० र टी-२० अन्तर्राष्ट्रियमा कसैले पनि ६ विकेटभन्दा बढी विकेट लिएका थिएनन्।

टी-२० अन्तर्राष्ट्रियमा श्रीलंकन स्पिनर अजन्था मेन्डिसले जिम्बाबे बिरुद्ध २०१२ मा ८ रन दिएर लिएको ६ विकेट सबैभन्दा उत्कृष्ट स्पेल थियो। मेन्डिसले अस्ट्रेलियासँग सन् २०११ मा १६ रन दिएर ६ विकेट लिएका थिए भने तेस्रो उत्कृष्ट भारतका युजभेन्द्र चहलले इंग्ल्याण्ड बिरुद्ध २०१७ मा २५ रन दिएर ६ विकेट लिएका थिए। मेन्डिस र चहल बाहेक टी-२० अन्तर्राष्ट्रियमा अन्य कुनै बलरले ६ विकेट लिन सकेका थिएनन्।

समग्र टि-२० खेलमा भने ६ विकेट निकै पटक लिईएको भए पनि ७ विकेट भने कुनै बलरले लिएका थिएनन्।

खेलमा टस जितेर ब्याटिङ गरेको लिसेस्टरसायरले २० ओभरमा ६ विकेट गुमाएर १८९ रन बनाएको थियो। जवाफमा १९० रनको लक्ष्य पछ्याउने क्रममा बर्मिन्घमले १७.४ ओभरमा १३४ रनमा सबै विकेट गुमाउन पुग्यो। ब्याटिङमा एकरम्यानले ४ रन मात्रै बनाउन सकेका थिए।

७ विकेट लिने क्रममा कोलिन एकरम्यानले १८ रन खर्चिए। स्पेलको पहिलो ओभर तेस्रो ओभरमा गरेका उनले त्यस ओभरमा ८ रन खर्चेर १ विकेट लिएका थिए। त्यसपछि सातौं ओभरमा दोस्रो ओभर बलिङ गर्ने क्रममा उनले ५ रन खर्चेर विकेट विहिन रहे।

परदेशमा रहेर घरदेशको चिन्ता गर्ने हामीलै नै हो, हामीले नगरे कसले गरिदेला: राजदूत शर्मिला पराजुली ढकाल

संगीत घरका मालिक रमण (भिडियो रिपोर्ट)

८ ओभर पछि तेस्रो ओभर बलिङ गर्न आएका उनले ओभरको पहिलो, तेश्रो र पाँचौ बलमा विकेट लिए। उक्त ओभरमा २ रन खेर्चिएर उनले ३ विकेट लिए।

१७ औं ओभरमा स्पेलको अन्तिम ओभर गरेका उनले त्यस ओभरको पहिलो, चौथो र छैठौं बलमा विकेट लिँदै स्पेल ४-०-१८-७ मा पुरा गरेका थिए।

२८ वर्षीय एकरम्यानले बर्मिन्घमका ३ जना ब्याट्सम्यानलाई बोल्ड गरे भने ४ जना क्याच आउट भए।

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

यसभन्दा अघि टी-२० मा सबैभन्दा उत्कृष्ट बलिङ स्पेल अरूले सुप्पियाको थियो जसले २०११ मा इंग्ल्याण्डको सर्वोच्च टी-२० प्रतियोगितामा समरसेटबाट खेल्दै ग्ल्यामोर्गन बिरुद्ध ३.४ ओभरमा ५ रन दिएर ६ विकेट लिएका थिए।

प्रकाशित मिति: : 2019-08-08 17:21:04

प्रतिकृया दिनुहोस्