श्रीलंकाका मुख्य प्रशिक्षक हथुरुसिंघा निलम्बित, अन्तरिम प्रशिक्षकमा रुमेश रत्नायके

Agency

श्रीलंकाले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक चण्डिका हथुरुसिंघालाई निलम्बन गरेको छ।

न्युजिल्याण्डसँगको सिरिजअघि श्रीलंकाले मुख्य प्रशिक्षक हथुरुसिंघालाई निलम्बन गरेको हो।

न्युजिल्याण्ड भ्रमणमा हथुरुसिंघा संग्लग्न नहुने भन्दै श्रीलंका क्रिकेटका प्रमुख शाम्मी सिल्भाले कानुनी मुद्दा हुने भएकाले यस विषयमा पुरा विवरण दिन नसक्ने बताएका छन्।

चादिला पछिल्लो पटक श्रीलंकको खराब नजिताका कारण ठूलो आलोचनमा थिए।

विश्वकपको समूह चरणबाट नै बाहिरिनु उनका लागि ठूलो दूर्भाग्य हो । श्रीलंकन क्रिकेट बोर्डका अध्यक्ष सामी सिल्भाले पछिल्लो एक वर्षदेखि प्रशिक्षकको नतिजालाई हेरेर यो निर्णय गरेको बताएका छन्।

अन्तरिम प्रशिक्षक रमेश रत्ननायके

हथुरूसिंघालाई निलम्बन गर्दै श्रीलंकाले रमेश रत्ननायकेलाई अन्तरिम प्रशिक्षक चयन गरेको छ।

पूर्व तीव्र गतिका बलर रुमेशलाई श्रीलंकन क्रिकेट बोर्डले न्यूजिल्याण्डको टेष्ट सिरिजका लागि अन्तरिम प्रशिक्षकको जिम्मा दिएको हो।

नेपाली राष्ट्रिय टिमको सल्लाहकार प्रशिक्षक भएर नेपाल आइसकेका रुमेशले २३ टेष्ट र ७० एकदिवसीय क्रिकेट खेलेका थिए। रत्ननायकेले यसअघि श्रीलंकाको बलिङ प्रशिक्षक भएर काम गरिसकेका छन् ।

श्रीलंकाले सुरुवातमा न्युजिल्याण्डसँग २ खेलको टेष्ट सिरिज खेल्ने छ। गल्लेमा हुने टेष्टको पहिलो खेल आगामी बुधबार सुरु हुनेछ।

प्रकाशित मिति: : 2019-08-08 07:37:14

प्रतिकृया दिनुहोस्