सुषमा स्वराजको अन्तिम ट्विट- 'प्रधानमन्त्री जी आपका हार्दिक अभिनन्दन'

सुषमा स्वराजको अन्तिम ट्विट : 'प्रधानमन्त्री जी आपका हार्दिक अभिनन्दन । मै अपने जिवन मे इस दिन को देखने की प्रतीक्षा कर रही थीं ।'

भारतकी पूर्वविदेशमन्त्री सुषमा स्वराजको अन्तिम ट्विट सार्वजनिक भएको छ । हृदयाघात हुनुअघिको ट्विटमा उनले आफू धारा ३७० खारेज गरेकै दिन देख्नका लागि बाँचेको जस्तो संकेत गरेकी छिन् । 

उनले संविधानको धारा ३७० खारेज गर्दै कश्मिरका लागि गरिएको विशेष व्यवस्था हटाएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिदै जीवनकै अन्तिम ट्विटमा लेखेकी छिन्- 'प्रधानमन्त्री जी आपका हार्दिक अभिनन्दन । मै अपने जिवन मे इस दिन को देखने की प्रतीक्षा कर रही थीं ।'

साँझ ७ बजेर ४१ मिनेटमा यो ट्विट गरेलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्य समस्या जटिल हुदै गएपछि अल इण्डिया मेडिकल इन्स्टिच्यूट (एम्स) लगेर भर्ना गरिएको केही समयपछि नै चिकित्सकहरूले उनलाई हृदयाघात भएको बताएका थिए । राति पौनै १२ बजे अस्पतालले उनको निधन भएको खबर सार्वजनिक गर्यो ।

यो पनि हेर्नुहोस् 

नमूना स्कुलको नमूना काम : भण्डारा दाजुभाइलाई शिक्षाको न्यानो घाम

यो खबर बाहिरिएसँगै उनको निधनमा भारत स्तव्ध भएको पाइएको छ । उनको पार्टी भारतीय जनता पार्टीका नेता तथा कार्यकर्ताले मात्र हैन, विपक्षी दलका नेता तथा कार्यकर्ताले पनि उनलाई एक राष्ट्रभक्त राजनेताका रूपमा सम्झेका छन् । उनको निधनबाट भारतले एक राजनेता गुमाएको उल्लेख गरिएको छ । 

उनको निधनको पुष्टी प्रधानमन्त्री मोदीको ट्विटमार्फत् भएको थियो । मोदीले लगातार पाँचवटा ट्विट गरेको उनको प्रशंसा गरेका छन् । स्वराजले राष्ट्रका लागि अतुलनीय योगदान पुर्याएको बताउँदै उनीबाट धेरै सिक्न सकिने उल्लेख गरेका छन् । उनले आफ्नो प्रतिकुल स्वास्थ्यका बाबजुद पनि आफ्नो मन्त्रालयको कामलाई सदैव उच्च महत्व दिएर उत्कृष्ट सम्पादन गरेको बताएका छन् । 

प्रकाशित मिति: : 2019-08-07 06:12:36

प्रतिकृया दिनुहोस्