अमेरिकी राष्ट्रपति ट्रम्पले बढाइदिए सुनको भाउ, नेपालमा तोलाको ६८ हजार

नेपालमा सुनको भाउ, एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनिया सामानमा अतिरिक्त भन्सार शुल्क लगाइदिएपछि सुरू भएको मुद्रायुद्धले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको बढ्यै छ । त्यसैको परिणाम नेपालमा दिनदिनै सुनको भाउले नयाँ कीर्तिमान बनाइरहेको छ । मंगलबार तोलाको ६८ हजारमा कारोबार भएपछि फेरि अर्को नयाँ कीर्तिमान बनेको छ ।

सोमबार तोलाको ६७ हजार आठसयमा कारोबार भएको सुन मंगलबार तोलामा दुईसय बढेर ६८ हजार पुगेको छ । नेपालमा सुनको भाउले बनाएको यो पछिल्लो कीर्तिमान हो ।

सुनको भाउ नेपालमा मात्र हैन, विश्वभर बढेको छ । तर, नेपालमा जुन अनुपातमा बढेको छ, अन्तर्राष्ट्रिय बजारमा त्यही अनुपातमा भने बढेको छैन ।

यो पनि हेर्नुहोस् 

बिएल बिशेष: 'मेक्सिको सीमा पर्खाल स्थलगत रिपोर्ट

वजारविज्ञहरू भन्छन् सुनको भाउ बढ्नुको मूदय कारण अमेरिका चीनबीचको व्यपारिक युद्ध र त्यसले निम्त्याएको मुद्रा युद्ध नै हो । यही युद्धको कारण अमेरिकालगायत विश्वभरकै सेयर बजार ओरालो लाग्दा बैकल्पिक लगानीका लागि सुनको माग बढ्यो । माग र आपूर्तिको नियमानुसार नै त्यसपछि अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढ्यो ।

अमेरिकी सेयरबजार केही सम्हालिएको छ । यसको प्रभाव सुनको मागमा प्रयो भने सुनको भाउ स्थीर हुने वा थोरै घट्ने सम्भावना रहन्छ । अन्यथा सुनको भाउ अरू बढ्ने भविष्यवाणी वजारविज्ञहरूले गरेका छन् । 

यसैबीच नेपालमा सुनको भाउ बढेसके बिक्रीमा भने कमी आउको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । सुनको किन्नेभन्दा बेच्नेहरू सुन पसलमा पुगेको महासंघका एक पदाधिकारीले ब्रेक एन लिंक्सलाई बताएका छन् । 

प्रकाशित मिति: : 2019-08-07 01:27:38

प्रतिकृया दिनुहोस्