नेपालमा सुनको नयाँ कीर्तिमान, तोलाको ६७,८०० !

आकासियो सुनको भाउ  । तस्बिर : फाइल ।

नेपालमा सुनको भाउ तोलाको ६७ हजार आठसय पुगेर नयाँ कीर्तिमान बनेको छ । शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँ पुगेको सुनसोमबार एकहजार बढेर यो नयाँ कीर्तिमान बनेको हो ।

यसअघि गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको थियो । शुक्रबार त्यही कीर्तिमान तोडिएर तोलाको ६५ हजार आठसय पुगेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेर बताइएको छ । 

यहाँ हेर्नुहोस्

 

अमेरिका र चीनको ब्यापारयुद्ध मुद्रा युद्धमा पुगेपछि संसारभर नै सेयरको भाउमा ठूलो गिरावट आएको छ । त्यसैको प्रभाव सुनको भाउमा परेको वजारविज्ञहरू बताउँछन् । नेपाली सुनचाँदी ब्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरतन शाक्य भन्छन्- अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा अमेरिकी सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको हो ।

तर, नेपालको सुनचाँदी बजारका बारेमा जानकारी राख्ने एक अर्थविद  भन्छन्- अन्तर्राष्ट्रिय बजारमा केही भाउ बढेर पनि नेपालमा सुनको भाउ बढेको हो । तर, त्योभन्दा पनि बढी नेपालमा तस्करीको सुनमा कडाइ हुने बित्तिकै दुई नम्बरी बजारमा सुनको अभाव हुँदा सुनको भाउ बढ्ने गर्छ । ' 

यो पनि पढ्नुस्

जब तुरतुरे ताल फुट्यो, पहाडी लोकमार्ग बगायो
भिडियोः सामाजिक सञ्जालहरूबाट

उनले सुनको दुई नम्बरी बजार भनेर नेपालबाट भारततिर हुने सुन तस्करीलाई इंगित गरेका हुन् । उनी भन्छन्- 'भारतमा नेपालमा भन्दा सुनको भाउन महंगो छ । जबसम्म नेपाल र भारतमा सुनको भाउ समान हुदैन तबसम्म यो दुई नम्बरी बजार चल्छ र नेपालमा अस्वभाविक रूपमा भाउ बढिरहन्छ ।'

 
प्रकाशित मिति: : 2019-08-05 23:02:30

प्रतिकृया दिनुहोस्