अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा रोहित शर्माको कीर्तिमान

तस्बिरः एजेन्सी

भारतीय ब्याट्समेन रोहित शर्माले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

आईतबार वेस्ट ईन्डिजविरुद्वको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई छ्क्का प्रहार गरेसँगै उनले वेस्ट ईन्डिजका क्रिस गेलको नाममा रहेको सर्वाधिक छक्काको कीर्तिमान तोडेका हुन्।

रोहितले ९६ औं खेलबाट कुल १ सय ७ छक्का प्रहार गर्दै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी भएका छन्।

गेलले ५८ खेलबाटै १ सय ५ छक्का प्रहार गरेका थिए। सर्वाधिक छक्का प्रहार गर्ने तेस्रो नम्बरमा न्युजिल्याण्डका मार्टिन गुप्टिल छन् । गुप्टिलले ७६ औं खेलमा १ सय ३ छक्का प्रहार गरेका छन्।

यो पनि हेर्नुहोस् 

सालिकको कथा

सर्वाधिक छक्कासँगै उनले ४० बलमा अर्धशतक प्रहार गरेपछि  उनको टि-२० क्रिकेटमा १७ औं अर्धशतक बनेको छ। उनले ४ शतक पनि बनाएका छन्।

साथै उनले ५० भन्दा बढि रनको पारी खेल्ने खेलाडीमा कप्तान विराट कोहलीलाई पछि छोडेका छन्।

रोहितले २१ पटक ५० भन्दा बढि रनको पारी खेलिसकेका छन्। विराटले २० पटक अर्धसतक पुरा गरेका थिए।

यस्तै टी-२० क्रिकेटमा उनले २४ सय रन पुरा गरेका छन्। उनले ९६ खेलमा ८८ पारी खेल्दै ३२.७२ को औसतले २४ सय २२ रन बनाएका छन्। यसमा सर्वाधिक ११८ सहित ४ सतक र १७ अर्धसतक समावेश छन्। यो टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन हो।

 महिलाको सफल कथा–२ 

 आमा, त्यसैले त महान हुन्छिन् ... (भिडियो रिपोर्ट)

 

यस फर्म्याटमा २४ सय भन्दा धेरै रन बनाउने रोहित पहिलो क्रिकेटर बनेका छन्।

गेल भारतविरुद्वको टी–ट्वान्टी सिरिजमा अनुपस्थित छन्। उनी अहिले क्यानडामा ग्लोबल टी ट्वान्टी खेलिरहेका छन् । उनी भ्यान्कुभर नाइट्सका कप्तान हुन् ।

उनी भारतसँग करियरकै अन्तिम वान डे सिरिज खेल्न जादैछन्।

प्रकाशित मिति: : 2019-08-05 08:49:18

प्रतिकृया दिनुहोस्