मैत्रीपूर्ण खेलमा बार्सिलोनाले आर्सनललाई हराउँदै लगातार सातौं पटक जोन ग्याम्पर ट्रफी जितेको छ।
प्रि–सिजन टूर अन्तर्गत आईतबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनललाई २–१ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा लुईस स्वारेजले निर्णायक गोल गर्दै घरेलु टोलीलाई ४२औं तथा लगातार सातौं पटक उपाधि जिताउन सफल भए।
महिलाको सफल कथा–२
जोन ग्याम्पर ट्रफी बार्सिलोनाका पूर्व खेलाडी, क्लबका संस्थापक सदस्य तथा अध्यक्षसमेत रहेका जोन ग्याम्परको सम्झनामा खेलाइने खेल हो।
बार्सिलोनाले पछिल्लो ५४ वर्षयता प्रत्येक वर्ष एक टोलीलाई आमन्त्रण गरेर प्रतिस्पर्धा गर्ने गरेको छ। यसै क्रममा २०१२ मा इटालिको साम्पडोरियाले १-० ले बार्सिलोनालाई जिते यता अन्य टोलीले यो ट्रफी जित्न सकेका छैनन्।
खेलको ३६ औं मिनेटमा पिरे एमरिक अबुमियाङले गोल गर्दै आर्सनललाई सुरूवाती अग्रता दिलाएका थिए।
यो पनि हेर्नुहोस्
पहिलो हाफसम्म १-० ले अग्रता लिएको आर्सनलले आईन्सले मैटल्याण्ड नाईल्सको ६९ औं मिनेटमा आत्मघाति गोलसँगै खेलमा बराबरीमा आयो।
त्यसपछि बैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका लुईस स्वारेजले खेल सकिन अन्तिम मिनेट बाँकी रहँदा गोल गर्दै बार्सिलोनालाई जिताए।
प्रि–सिजनको अन्तिम खेलमा आर्सनलले बलियो टिम मैदान उतारे पनि हार टार्न भने सकेन।
आर्सनलले आगामी आईतबार न्युक्यासलसँग खेल्दै प्रिमियर लिगको सूरुवात गर्दैछ ।