वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज भारतले जित्यो

तस्बिरः एजेन्सी

वेस्ट ईन्डिजविरुद्वको तीन खेलको टी–२० सिरिज भारतले जितेको छ।

फ्लोरिडामा भएको दोस्रो खेलमा वेस्ट ईन्डिजलाई २२ रनले हराउँदै भारतले शृंखला जितेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। भारतका लागि ओपनर रोहित शर्माको ६७ रनको अर्धसतकीय पारी  खेले।

शिखर धवनले २३ तथा विराट कोहलीले २८ रन बनाउँदा ऋषभ पन्त दोस्रो खेलमा पनि चल्न सकेनन्। उनले ४ रन जोडे भने मनिष पाण्डे ६ रनमा पोविलियन फर्किदा कुर्नाल पाण्डेया २० तथा रबिन्द्र जडेजा ९ रनमा नटआउट रहे।

१६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट ईन्डिजले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो ।

त्यसपछि वर्षाले खेल प्रभावित बने पछि डकवर्थ लुईसको आधारमा भारतले खेल २२ रनले जितेको घोषणा गरिएको थियो।

वेस्ट ईन्डिजका रोभमन पोवेलले ५४ रन बनाउनुबाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन। निकोलास पोरनले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।

भारतका कुर्नाल पाण्डेयाले सर्वाधिक २ विकेट लिए । वासिङ्टन सुन्दर र भुवनेश्वर कुमारले समान १-१ विकेट लिए।

वेस्ट ईन्डिज र अमेरिका भ्रमणमा रहेको भारतले तीन खेलको सिरिजमा २–० को अग्रता लिएको हो।

पछिल्लो पटक सन् २०१८ मा घरेलु मैदानमा भारतले वेस्ट ईन्डिजलाई ३–० ले हराएको थियो।

भारतले ८ बर्षपछि विदेशमा वेस्ट ईन्डिजविरुद्व सिरिज जित्न सफल भएको हो। पछिल्लो पटक भारतले सन् २०११ मा वेस्ट ईन्डिजविरुद्वको सिरिज १–० ले जितेको थियो । भारतीय टिमले वेस्ट ईन्डिजलाई लगातार पाँचौ खेलमा समेत हराएको छ।

भारत र वेस्ट ईन्डिजले मंगलबार तेस्रो तथा अन्तिम टी–२० खेल्नेछ ।

 

प्रकाशित मिति: : 2019-08-05 08:12:38

प्रतिकृया दिनुहोस्