जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिकस्तरका आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नुपर्ने सुझाव दिएका छन्।
देशमा समावेशीकरण र आरक्षणको मापदण्ड र यसको उपभोग त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै नेता यादवले हालको मापदण्डलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय समावेशी आयोगले आज ललितपुरमा आयोजना गरेको छलफलमा अध्यक्ष यादवले सीमान्तकृत वर्गभित्रकै हुनेखाने चतुर व्यक्तिले आरक्षणको दुरुपयोग गर्दै आएकोे टिप्पणी गरेका छन्।
काठमाडौँमा घर भएका, व्यापार व्यवसायमा जमेका, आर्थिक एवं शैक्षिकरुपले बलियो भएका व्यक्ति नै सबैभन्दा बढी आरक्षणको दुरुपयोग गरेको नेता यादवले बताएका छन्। भाषा, धर्म र जातिलाई आधार मानेर अल्पसङ्ख्यकको परिभाषा र मापदण्ड तोक्नुपर्ने उनले बताएका छन्।