बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली

बेलायती सञ्चार माध्यम (बीबीसी)ले सन् २०२३ का लागि संसार भरिबाट एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।

बीबीसीले सार्वजनिक गरेको सूचीमा नेपालकी रुक्शना कपाली परेकी छन्। बिबिसीको हाउसिंग क्याम्पेनरको रुपमा उनी एक सय महिलाको सूचीमा परेकी हुन्।

नेवा समुदायकी रुक्शना पारलैङ्गिक (ट्रान्सजेन्डर) महिला हुन्। यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्शनाले किशोरवास्थाबाट नै समलैंगिक अधिकारका विषयमा सामाजिक सञ्जालमार्फत अवाज उठाउन थालेकी थिइन्।

उनी हाल कानुन विषयमा स्नातक तेस्रो वर्षमा अध्यानरत छिन्। साथै नेपालमा ‘एलजीबीटीक्यु प्लस’ समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि काम गरिरहेकी छन्।

प्रकाशित मिति: : 2023-11-21 17:03:00

प्रतिकृया दिनुहोस्