देउसी खेलेर उठेको रकम भूकम्प पीडितलाई 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत डाक्टर र नर्सले देउसी खेलेर उठेको रकम भूकम्प पीडितलाई सहयोग गरेका छन्।

भैलाे खेलेर उठेको ५३ हजार दुई सय ९० रुपैयाँ जाजरकोटका भूकम्प पीडितलाई सहयोग गरिएको डाक्टर कमल थानीले बताए। 

उनले भने, 'हामीले देउसी खेलेर उठेको रकम जाजरकोट अस्पतालमा कार्यरत नर्स पुस्पा रावत र प्रिज्मा शाही मार्फत पठाउने निर्णय गरेका छाैं।'

उक्त रकमले केही हदसम्म पीडितको घाउमा मल लगाउन सकिने प्रतिस्ठानमा कार्यरत कर्मचारी कबिन्द्र महतले बताए। 

प्रतिष्ठानका कर्मचारीले रचनात्मक काम गरेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग गर्नुले सकारात्मक सन्देश जाने र दाता जुटाउन सहज हुने प्रतिष्ठानका रजिस्टार नृपेन्द्र महतको भनाइ छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र पब्लिक हेल्थको टिमले भूकम्पले क्षति गरेको जाजरकोट र रुकुम पश्चिममा स्वास्थ्य सेवा दिइरहेको छ।

प्रकाशित मिति: : 2023-11-17 21:34:00

प्रतिकृया दिनुहोस्