जाजरकाेटका भूकम्प–पीडितहरूकाे उपचारमा खटिएकी छिन्– सांसद डा. ताेसिमा कार्की। ‘खण्डहर बस्ती’मा उनी एक्लै छैनिन्, घाइतेहरूकाे उपचारमा उनकाे एउटा टाेली खटिएकाे छ।
सांसद ताेसिमाकाे नेतृत्वमा खटिएकाे टाेली पालमुनिका घाइते र दूधे बच्चासँगै चिसो रात काट्न बाध्य सुत्केरीकाे रेखदेखमा छ।
भूकम्पको केन्द्रविन्दू रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा भत्किएपछि खुल्ला आकाशमुनीबाटै उपचार थालिएको छ। सांसद ताेसिमाकाे टाेलीले पनि खुल्ला आकाशमुनी बसेरै सेवा दिइरहेकाे छ।
अहिले भूकम्पबाट घाइते भएका सर्वसाधारण तथा अन्यलाई समेत सेवा दिन समस्या भएको स्वास्थ्यकर्मीहरंले जनाएका छन्।
मन्त्रीपरिषद्को बैठकले घाइतेहरूको नि:शुल्क उपचार गर्ने निर्णय गरेपछि जाजरकाेटका भूकम्प–पीडितहरू उपचारकाे सुविधाबाट टाढै छन्।