न्यायक्षेत्रमा सहकार्य गर्न नेपाल र चीन सहमत

BreaknLinks
BreaknLinks

जिनजियाङको काशगरमा भएको ‘पहिलो चीन–मध्य एसिया र दक्षिण एसिया कानूनी मञ्च’मा सहभागी भई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बेइजिङ पुगेको छ। 

बेइजिङमा उत्रिएलगत्तै प्रधानन्यायाधीश श्रेष्ठले प्रधानन्यायाधीश तथा जनवादी गणतन्त्र चीनको सर्वोच्च जन अदालतका अध्यक्ष झाङ जुनसँग भेटवार्ता गरेकाे बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ। 

त्यस अवसरमा दुवै देशका प्रधानन्यायाधीबीच न्याय सेवाका विभिन्न विषयमा छलफल भएको थियो। नेपाल र चीनबीचको लामो समयदेखिको सुखद द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै दुवै पक्षले न्यायपालिकाका क्षेत्रमा सहयोग र सहकार्यलाई प्रवद्र्धन गरी आपसी सम्बन्धलाई थप मजबुत बनाउन सहमति जनाएका थिए।

प्रधानन्यायाधीश श्रेष्ठले न्याय सेवाको क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा चीनले गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै दुई देशबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानन्यायाधीश नेतृत्वको प्रतिनिधिमण्डल भोलि शुक्रबार काठमाडौँ फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: : 2023-11-02 20:05:00

प्रतिकृया दिनुहोस्