कर्णालीमा माओवादीले एमालेसँग पनि विश्वासकाे मत माग्दै

File Photo
File Photo

शुक्रबार दिउँसो तीन बजे कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत लिँदैछन्। त्यसैलाई लक्षित गरेर माओवादी संसदीय दलको बैठक बसेको छ।

माओवादी संसदीय दलका सचेतक रणसिंह परियारले अहिले विश्वासको मत लिएर जाने र मुल रुपमा केन्द्रमा भएको गठबन्धनलाई आधार मानेर नेपाली कांग्रेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा भएको बताएका छन्।

बैठकमा मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल सहभागी थिए। परियारले औपचारिक रुपमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने कुरा अब नरहेको बताए ।

यसअघि एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए। केन्द्रमा चुनावी गठबन्धन ब्युँतिएपछि प्रदेशमा पनि त्यही अनुसारको सत्ता सहकार्य हुने करिब निश्चित जस्तै देखिएको छ।

औपचारिक निर्णयका लागि यतिबेला कांग्रेस संसदीय दलको बैठक जारी छ। एमालेले भने कांग्रेसको निर्णयलाई पर्खेको छ। एमालेले २ बजे दलको बैठक बोलाएको छ।

प्रकाशित मिति: : 2023-03-31 14:24:00

प्रतिकृया दिनुहोस्