९२ वर्षको उमेरमा पाँचौँ विवाह गर्दै 'मिडिया टाइकुन' रुपर्ट मर्डोक

न्यूज कार्पोरेशनका अध्यक्ष तथा फक्स न्यूज च्यानलका संस्थापक सञ्चार सम्राट (मिडिया टाइकुन) रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा ६६ वर्षीय पूर्वप्रहरी अधकारी एन लेस्ली स्मिथसँग छिट्टै पाँचौं विवाह गर्ने घोषणा गरेका छन्।

आफ्नै प्रकाशन संस्था न्युयोर्क पोस्टसँग कुरा गर्दै आफूलाई सधैँ प्रेमको खाँचो हुने र चार पूर्व पत्नीहरुले प्रेम प्रदान गर्न नसकेर पाँचौं विवाह गर्न लागेको बताए।

११ मार्च १९३१ मा मेलवर्न, अष्ट्रेलियामा जन्मेका मर्डोकले यस अघि पेट्रिसिया बुकर (१९५६-६७), अन्ना मर्डोक मान (१९६७-९९), बेण्डि मर्डोच (१९९९-२०१३) र जेरी हल (२०१६-२२) गरेर चार पटक विवाह र पार पाचुके गरिसकेका छन्।

फोर्ब्सका अनुसार मर्डोकसँग करिब १७ खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।

प्रकाशित मिति: : 2023-03-27 21:16:00

प्रतिकृया दिनुहोस्