प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा पाँच हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिए पनि धरौटी रकम नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

जेल चलना हुनेहरुमा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का रहेका छन्।

उनीहरुले गत मंगलबार काठमाडाैँकाे थापागाउँमा आयाेजित अन्तर्राष्ट्रिय जातीय उन्मूलन दिवसकाे कार्यक्रममा सहभागी हुन पुगेकाे प्रधानमन्त्री प्रचण्डविरुद्ध बैंककाे तथा लघुवित्तकाे ऋण मिनाह गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

गाली गालाैजसहित नाराबाजी गरेका ती तीन व्यक्तिकाे प्रहरीले मुख थुनेका तस्बिरहरु बाहिरिएपछि चाैतर्फी विराेध भएकाे थियाे।

प्रकाशित मिति: : 2023-03-27 14:15:00

प्रतिकृया दिनुहोस्