हामी बाह्य इशारामा चल्दैनाैँ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलेले एमाले पार्टी बाह्य इशारामा चल्ने पार्टी नभएकाे बताएका छन्।

राष्ट्रिय सभागृहमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनकाे ११औँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन्।

ओलीले देशमा अन्य पार्टीहरू बाह्य इशारामा चलेकाे संकेत गर्दै देशमा राष्ट्रिय शक्तिकाे आवश्यक रहेकाे बताए। उनले एमालेकाे सरकार छाडेकाे डेढ वर्षमा देशमा आर्थिक तथा सामाजिक अवस्था बिग्रिएकाे भनाइ राखे।

ओलीले विद्युत प्राधिकरणमा कर्मचारीलाई सेवा सुविधा मात्र नखाेज्न आग्रह गरे। उनले भने, 'तपाईंहरूले सेवासुविधा मात्र खाज्ने हाेइन, विद्युत प्राधिकरणलाई सबल बनाउनुस्।'

प्रकाशित मिति: : 2023-03-17 16:43:00

प्रतिकृया दिनुहोस्