बाल यौन दुराचारको मुद्दामा जेल परेका अभिनेता पूर्णविक्रम (पल)शाह रिहा हुँदैछन्।
उच्च अदालत पाेखराबाट सफाइ पाएका पललाई एक घण्टाभित्रमा रिहा गर्ने गरी तयारी सुरु गरिएकाे तनहुँ कारागारले बिएल नेपाली सेवालाई जानकारी दियाे।
‘उच्च अदालत पोखराले पत्र पठाइसक्याे। पल शाह अबकाे एक घण्टामा रिहा हुन्छन्,’ तनहुँ कारागारका एक कर्मचारीले भने।
पल शाहलाई रिहा गर्ने तयारी भएसँगै तनहुँ कारागारा परिसरमा उनका समर्थक र युट्युबरकाे घुइँचाे लागेकाे छ।
पल एक गायिकालाई बलात्कार गरेकाे आराेपमा एक वर्षअघि आजैकै दिन पक्राउ परेका थिए।