काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ।

नमोबुद्ध नगरपालिका-७ भकुण्डेबेँसीस्थित २० किलोमा बा२ख ७३४२ नम्बरको रेम्बो यातायातको बसले बालिकालाई ठक्कर दिएको हो।

बिहीबार दिउँसो साढे ३ बजे बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बसले ठक्कर दिएपछि चालक घटनास्थलबाट भागेका थिए। 

चालक भागेपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।

प्रकाशित मिति: : 2023-02-02 18:56:00

प्रतिकृया दिनुहोस्