बालकाेटे बा’का माेतियारहरुले चाहन्दैमा स्ववियु चुनाव राेकिँदैन: सुदेश पराजुली (भिडियाेसहित)

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीनिकट विद्यार्थी मोर्चा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे इस्सराले स्ववियु चुनाव नराेकिने बताएका छन्।

अध्यक्ष पराजुलीले बिएल नेपाली सेवासँगकाे भिडियाे कुराकानीमा एमालेकाे ओली गुटका विद्यार्थी नेताहरुका कारण लामाे समयदेखि स्ववियु निर्वाचन राेकिएकाे बताउँदै अब कसैले चुनाव राेक्न नसक्ने उनले दाबी गरे।

‘स्ववियु निर्वाचन हुन जरुरी छ, हुन्छ नै। धेरै विश्व विद्यालयहरुमा केपी ओली अनुहार भएकाहरु बालकोटको वरिपरि पुगेर ‘बा’ को मुखबाट कस्तो जवाफ झर्छ भनेर हेरिरहेका छन। अब बालकाेटे ‘बा’ले लौ मेरा छोराछारीहरु हो मलाई आइ लभ यु भन्न छोडेछौँ स्ववियु हुँदैन भनेर रोक्न खोज्लान् तर ती मतियाराहरुको कारण स्ववियु रोकिँदैन,’ पराजुलीले भने।

उनले आफूहरुकाे कारण चुनाव नराेकिने वचन दिए।

लामो समयदेखि रोकिएको स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ।

भिडियाे:

प्रकाशित मिति: : 2023-02-02 18:57:00

प्रतिकृया दिनुहोस्