परराष्ट्रमन्त्री डा पौड्याल श्रीलङ्का प्रस्थान

परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छिन्।

उनलाई श्रीलङ्काको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री पौड्याल आज साँझ श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनेछन्। सो अवसरमा उनले श्रीलङ्कामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।  

भोलि शुक्रबार श्रीलङ्काका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धधनेसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। 

परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: : 2023-02-02 17:37:00

प्रतिकृया दिनुहोस्