थासुङ छोलिङ गुम्बाका खेन्पाेको सिंहासन आरोहण (तस्बिरसहित)

काठमाडौंको त्रितेन नोर्बुचे गुम्बामा आयोजित कार्यक्रममा खेन्पो साम्दुक निमा रिम्पोछेलाई सिंहासन गराइएको छ। डोल्पा जिल्लाको फोक्सुन्डो ताल किनारमा अवस्थित थासुङ छोलिङ गुम्बा नेपालमा बोन धर्मको केन्द्रको रुपमा परिचित छ।

विगत तीन दशक भन्दा लामो समयदेखि वोन धर्मको प्रर्वद्धनमा क्रियाशील रिम्पोछेलाई मंगलबार औपचारिक रुपमा सिंहासन गराइएको हो। 

नेपाल वोन बुद्धिष्ट महासंघका महासचिव गेसो लोडोई छोगलेकका अनुसार धार्मिक परम्पराअनुसार उनलाई सिंहासन गराइएको हो।

सिंहासन आरोहण कार्यक्रममा महासचिव छोगलेकले भने  ‘बोन धर्मको परम्परा संरक्षण र प्रर्वद्धनमा गेशोको योगदान अतुलनिय छ। रिग्म, पुङ्गमो लगायत गाउँमा धार्मिक पूजापाठमा उनी तीन दशकदेखि सक्रिय रहेको उनले बताए।

कार्यक्रममा वोन धर्मका लामाहरु, सर्बसाधारणलगायतले रिम्पोछेसँग आशीवाद ग्रहण गरेका थिए। सिंहासन आरोहण कार्यक्रमका प्रमुख अतिथि पोन्लोब त्साङपा तेन्जिन रिम्पोचेलगायत विभिन्न वक्ताले प्राचीन वोन धर्मको महत्वबारे चर्चा गरेका थिए। साथै विभिन्न वक्ताले प्राचीन वोन धर्मको महत्वबारे चर्चा गरेका थिए।

कार्यक्रममा डोल्पा जिल्लाका संघिय सांसद माननीय धनबहादुर बुढा र जिल्लाका विभिन्न गाउँपालिका जनप्रतिनिधीहरु, विश्व वन्य जन्तु कोष (डब्लूडब्लूएफ)का नेपाल प्रतिनिधिमा डा. घनश्याम गुरुङ लगायतका उपस्थिती थियो। त्यसका साथै तापिरिचा विद्यालयका र अन्यत्रका कलाकारले धार्मिक नृत्य तथा सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए। 

गेशे साम्डुप निमा रिन्पोछेको संक्षिप्त जीवनी

ड-शिग गेशे, साम्डुप निमा रिन्पोछे सन १९५६ मा डोल्पा जिल्ला फोक्सुण्डो पुग्मो गाउँमा जन्मेका हुन्। उनले ६ वर्षदेखि नै आफ्नो पिताबाट साम्बोटा लिपिको पठनपाठन सुरु गरे। 

१८ वर्षको उमेरमा काका गेकोत रिन्छेन ग्याल्छेनको पावनमा माठीत तुडा राङडोल नामक पुस्तकको डोडो र डोइसीको ज्ञान प्राप्त गरे लगत्तै पुङमो थेक्छेन राप्गेलिङ गुम्बाको सदस्यता प्राप्त गरे। 

उनी भिजेर गाउँको साम्लीङ गुम्बामा गएर पुजनीय याङतोन लामा नाम्याल वाङदुइको पावनबाट माठीत तुडा राङडोल पुस्तक अन्तर्गतको मान्डाला र फोवाको ज्ञान हासिल गरेका थिए।

उनी सन १९७८ मा भारतको सोलेन स्थित पाल शेनतेन मेन्री गुम्बा जानुभई पुजनीय धर्मगुरु ३३औं मेन्री ठिजिन लुङतोक तेम्बेइ ङिमा रिन्पोछे र पुजनीय धर्मगुरु योङजीन तेन्जीन नाम्दाक रिन्पोछे ज्यूको दर्शन गरेका थिए। साथै मेन्री गुम्बामा भर्ना भएर युङडुङ बोन धर्मका शुत्र, तन्त्र, मन्त्र र चोक्छेन लगायत बोन धर्मका अन्य विषयमा अध्ययन गरी सन १९९१ मा बोन धर्म अनुसार गेशे उपाधि हासिल गरेका थिए।

त्यसपश्चात आफ्नो जन्मस्थान पुग्मो गाउँमा फर्किएर बर्षायाममा रिग्मो गाउँ स्थित थाङ छोलिङ गुम्बामा केही बच्चाहरु जम्मा गरी केही महिना साम्बोटा लिपि अध्यापन गराए।

सन १९९२ मा उनी भारत फर्केर जानेबेला रिग्मो समुदायको नेतृत्व गर्ने तत्कालीन उपप्रधान स्वर्गीय पासाङ छिरिङ लामा उनीसंग गएर पुजनीय धर्मगुरु मेन्टरी ठिजिन रिन्पोछे ज्युको दर्शन गरी उनलाई थासुङ छोलिङ गुम्बाको लामा पठाउन अनुरोध गरेका थिए र रिन्पोछेज्यूले रिग्मो समुदायले गरेको अनुरोध अनुसार उनलाई थासुङ छोलिङ गुम्बाको लामा गर्न आज्ञा दिएका थिए।

त्यस लगत्तै उनले थासुङ छोलिङ गुम्बाको लामा भई डोल्पोका गुम्बाहरुको चलन अनुसार तीन वर्ष, तीन महिना, तीन दिनको ध्यान र तपस्याको अध्ययन र अध्यापन गर्ने चलन पुन सुरुवात गरेका थिए।

उनले काम गर्ने सिलसिलामा आएको विभिन्न कठिनाईका बावजुत पनि पुरानो गुम्बा नजिक नयाँ गुम्बा भवन निर्माण गर्नुका साथै गुम्बा भित्रका चित्रकला र अन्य सम्पुर्ण कार्य सफलताका साथ सम्पन्न गरे।

अहिले पनि उनले गुम्बाभित्रका टावा र चोमोहरुलाई ङोडो, ङोइशी र गुफाबास तपस्यामा बस्नेहरुलाई उपदेश प्रदान गरिरहेको छ। 

हेर्नुस् तस्बिरहरू: 

प्रकाशित मिति: : 2023-01-31 22:18:00

प्रतिकृया दिनुहोस्