सन्दीप लामिछानलाई पुन: खेलमा फर्काइयो  

फाइल तस्बिर
फाइल तस्बिर

बलात्कार अभियोगमा पक्राउ परेका पूर्व कप्तान सन्दीप लामिछाने आज क्यानको निलम्बनबाट फुकुवा भएका छन्।  

१७ वर्षिय नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनलाई क्यानले निलम्बीत गरेको थियो। आज पोखरामा बसेको क्यानको बैठकले उनलाई पुन खेलमा फर्काउने निर्णय लिएको हो। 

उनीविरुद्ध गत भदौ २१ गते १७ वर्षिय नाबालिकाले बलात्कारको मुद्दा दायर गरेकी थिइन्। 

उनी पक्राउ पर्न साथ प्रहरी वृत गौशलामा रहे भने पुर्पक्ष थुनाका लागि भने उनलाई सुन्धारको कारगारमा राखिएको थियो। 

गत शुक्रबार क्यानले बन्द प्ररिक्षण्को लागि २८ जना खेलाडी बोलाएको थियो, जसमा सन्दीप लामिछाने अटाएका थिएनन्। 

नेपालले आगामी फागुन २ देखि ७ गतेसम्म घरेलु मैदानमा त्रिदेशीय खेल खेल्दैछ।

प्रकाशित मिति: : 2023-01-31 22:01:00

प्रतिकृया दिनुहोस्