न्यून खाद्यान्न उत्पादन हुँदा आयातकै भर

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सुर्खेतका ९० प्रतिशत नागरिक कृषिमा आश्रित रहेको पाइएको छ। २०७८ को जनगणना अनुसार अधिकांश मुगाली परम्परागत कृषि पेसामै निर्भर रहेको पाइएको छ।  भारी मात्रामा गरिएको मेहनतबाट उत्पादन भएको अन्नले ४ महिना खाना नपुग्ने अवस्था रहेको छ। 

छायानाथ रारा नगरपालिका–५ का हरिबहादु बुढाले बाली लगाए पनि वर्षको एक पटकमात्र उत्पादन हुन्छ। एक बालीले कृषकलाई पर्याप्त अन्न पुग्दैन। बारीको उत्पादनले चार/पाँच महिनासम्म खाना पुग्ने भएकाले परिवार पाल्नका समस्य हुने बताए। सात महिनासम्म बजारको चामल खरिद गरेर खानुपर्ने बाध्यता रहेको बुढाले बताए।

पर्याप्त पौष्टिक आहारको कमी कारण ३० वर्षकै कलिलो उमेरमा अधिकांश युवाका मुहारमा चाउरीपन देखिने गरेको पाइन्छ। मुगु मानव विकासको सूचकाङ्कअनुसार जिल्लाको औसत आयु ४८ वर्ष पर्छ ।  कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा १६ हजार १६५ हेक्टर खेतीयोग्य जमिन रहेको छ। हाल कृषकले ११ हजार ४६१ हेक्टर जमिनमा खेती गरिरहेका छन्। जसमा  छ हजार ८७६ हेक्टर जमिनमा सिँचाइ उपलब्ध छ। 

प्रमुख बाली कोदो चार हजार ४८० हेक्टर जमिनमा उत्पादन हुन्छ। धान चार हजार २७७ हेक्टर, गहुँ एक हजार ८५० हेक्टर, मकै एक हजार २२२ हेक्टरमा लगाउने गरिन्छ। धान तीन  हजार ८८३  मेट्रिक टन, कोदो दुई हजार ६२२ मेट्रिक टन, मकै एक हजार ८५२ मेट्रिक टन, गहुँ एक हजार ४२५ मेट्रिक टन, जौ ७३७ मेट्रिक टन र  फापर २२८ मेट्रिक टन उत्पादन हुन्छ।

उद्योग वाणिज्य संघका अनुसार हरेक वर्ष गमगढी बजारबाट छ÷सात हजार क्विन्टल चामल खरिद बिक्री हुने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय गमगढी मुगुको आर्थिक वर्ष २०७७/७८ मा आठ हजार १४६ क्विन्टल र आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ३२२ क्विन्टल चामल बिक्री भएको छ। हेमन्त केसी

प्रकाशित मिति: : 2023-01-31 19:59:00

प्रतिकृया दिनुहोस्