गृह मन्त्रालय नदिए सरकार छाड्ने रास्वपाकाे चेतावनी, सरकारमा रहने नरहनेबारे छलफल गर्न बैठक बस्दै

File photo
File photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नाे पार्टीले गृह मन्त्रालय नपाए सरकारलाई दिएकाे समर्थन फिर्ता लिने चेतावनी दिएकाे छ।

सभापति रवि लामिछानेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गृह मन्त्त्रालय पूर्व सहमति अनुसार आफ्नाे पार्टीले पाउनुपर्ने अडान राखेका हुन्।

पार्टीबाट उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछाने गत शुक्रबार सर्वाेच्च अदालतबाट गैरनागरिक ठहरिएर पदच्युत भएपछि साे मन्त्रालय खाली छ।

लामिछानेले प्रक्रिया पूरा गरेर नेपाली नागरिकता प्राप्त गरेसँगै पुन: गृह मन्त्रालयमा आफूलाई दाेहाेर्‍याउन माग गरेकाे स्राेतले जनाएकाे छ।

‘खाली रहेकाे गृहमा रविजीले पुन: दाेहाेरिनु पर्ने कुरा राख्नु भएकाे छ। बिहानकाे भेटमा पनि उहाँले रास्वपाकाे भागमा रहेकाे साे मन्त्रालयमा आफूलाई नियुक्ति गर्नुपर्ने अडान राख्नु भयाे,’ बैठकमा सहभागी एक नेताले भने।

प्रतिनिधिसभा सदस्य नरहे पनि संविधानकाे धारा ७८ अनुसार गैरसांसदलाई ६ महिनाकाे लागि मन्त्री बनाउने सकिने व्यवस्था रहेकाे छ। साे व्यवस्थाअनुसार आफूलाई मन्त्री बनाउन रविले दबाब दिइरहेका छन्। यसअघि लामिछानेले गत आइतबार पनि प्रधानमन्त्रीलाई साेही कुरा सुनाएका थिए।

यद्यपि, प्रधानमन्त्री प्रचण्डले भने तत्काल रविलाई गृहमन्त्री बनाउने पक्षमा नरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। स्वार्थ बाझिने भन्दै उनले रास्वपालाई गृह नदिने र गृहमा माओवादीकै सांसदलाई ल्याउने उनकाे तयारी रहेकाे छ।

यता रास्वपाले भने गृहमन्त्री नदिए सरकारबाट बाहिने याेजनामा पुगेकाे बताएकाे छ। त्यसबारे छलफलकाे लागि अहिले बैठक जारी छ।

प्रकाशित मिति: : 2023-01-31 13:30:00

प्रतिकृया दिनुहोस्