जब फुटबल खेलमा इतिहासमै पहिलाे पटक सेताे कार्ड देखाइयाे...

photo : euronews.culture
photo : euronews.culture

गत जनवरी २१ मा पोर्चुगलमा महिला कपको सेमिफाइनल खेल भइरहेको थियो। जहाँ फाइनलमा पुग्नका लागि पोर्चुगलको स्पोटिङ लिश्वन क्लब र बेनेफिसा क्लब भिडदै थिए।

फुटबल इतिहासमा पहिलो पटक यी दुई क्लबबीच भइरहेको खेलमा रेफ्रीले सेतो कार्ड देखाए। फुटबलको हरेक खेलमा रातो कार्ड र पहेँलो कार्डको प्रयोग हुन्छ। तर, गत जनवरी २१ मा भएको दुई क्लबबीचको खेलमा पहिलो पटक फुटबलमा इतिहासमा सेतो कार्डको प्रयोग भयो, जुन कार्ड देखाएपछि फुटबल इतिहासले एउटा इतिहास रच्यो।

फुटबलको हरेक खेलमा रातो र पहेँलो कार्ड प्रयोग हुन्थे तर पोर्चुगलमा भएको खेलमा सेतो कार्ड प्रयोगले गर्दा यतिबेला विश्वभर सेतो कार्डको चर्चा भइरहेको छ।

के हो सेतो कार्ड भनेको ?

पोर्चुगीस फुटबल फेडरेसन (पिफफ)ले इतिहासमा पहिलो पटक आफ्नाे देशमा भइरहेको खेलमा सेतो कार्डको प्रयोग गर्‍यो। पोर्चुगलले महिला कपको सेमिफाइनलमा उक्त कार्डको देखाइएको थियो।

फुटबलमा रातो र पहेँलो कार्ड खेल उल्लंघन गरेको भएर देखाइन्छ भने सेतो कार्ड यसको ठिक विपरीत छ। सेतो कार्ड देखाउनु भनेको खेल त्रुटिरहित भएको जनाउनु हो। खेल एकदमै स्वच्छ र अनुसानमा खेलेको खेलमा सेतो कार्डको प्रयोग भएको हो।

पोर्चुगिस फुटबल फेडरेन्सलले संघले सेतो कार्ड देखाउनुको प्रमुख कारण फुटबलको महत्व बढाउनुको लागि देखाएको हो भनेर जनाएको छ। स्पोटिङ लिश्वन र बेनेफिसाको खेलमा खेलको ४४औँ मिनेटमा सेतो कार्ड देखाएको थियो।

प्रकाशित मिति: : 2023-01-30 17:58:00

प्रतिकृया दिनुहोस्