सुष्मालाई बक्सिङमा रजत पदक

File photo
File photo

नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन्।

थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन्। सुष्मालाई अङ्कका आधारमा ५–० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन्। फाइनलमा पराजित भए पनि सुष्माले ऐतिहासिक रजत पदक हात पारिन्।

नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पहिलो पटक पुगेको र एसियाली च्याम्पियनशिपमा नेपालले रजत पदक जितेको पनि यो पहिलो पटक हो। यसअघि नेपालले एसियास्तरमा कास्य पदक जितेको थियो। त्यस्तै यसअघि सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई पराजित गर्दै फाइनल पुगेकी थिइन्। प्रतियोगितामा नेपालबाट तीन महिला र समान तीन पुरुष खेलाडीको सहभागिता रहेको छ।

प्रकाशित मिति: : 2023-01-25 15:01:00

प्रतिकृया दिनुहोस्