सिन्सियरको ठगी धन्दा, सहकारी विभागले गर्ला त बन्द ?

काठमाडाैँकाे पुतलीसडकमा रहेकाे सिन्सियर सेभिङ एण्ड क्रेडिट संस्थाले वित्तीय काराेबारकाे नाममा ठगी धन्दा चलाएकाे खुलासा भएकाे छ। साे संस्थाले कालाे धनकाे काराेबार गर्नुका साथ मिटर व्याजमा काराेबार गरेकाे पाइएकाे हाे।

२२ वर्षअघिदेखि सञ्चालनमा रहेकाे साे संस्थाले मिटर व्याजमा पैसा लगानी गरेर मानिसहरुलाई समस्यामा पार्ने गरेकाे विशेष स्राेतले जनाएकाे छ।

सिन्सियरमा अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा विभागकी मिरा कर्माचार्य मिलेर अबैध काराेबार गरेकाे स्राेतले बतायाे। कर्जा लिँदा दुई प्रतिशत र कर्जा चुक्ता गर्दा एक प्रतिशत सेवाशुल्क लिने गरेको स्रोतको भनाइ छ। सिन्सियरले अधिकांशलाई आत्महत्या गर्नुपर्ने स्थितिमा पुर्याएको छ। करोडपतिलाई रोडपति बनाएर तिनकै पैसामा सिन्सियरका तीन घुसखोरीहरुले राज गरिरहेका छन्।

एक जना पीडितले भने,‘सिन्सियरको विश्वासमा पर्दा म घर न घाटको भएँ। यसले मेरो सबै सकाइदियो। मेरो टाउकोबाट छत गुम्यो। मेरो छोराछोरीको बिचल्ली भयो। यसको कहिले भलो हुँदैन।’

सिन्सियरले दिनदहाडै सर्वसाधारण ठग्दा सहकारी विभाग के हेरेर बसिरहेको छ ? हजारौंको घरबार सिद्धयाउनेलाई कहिले कारबाही गर्छ ? सिन्सियरका कारण भागेर हिँडेकालाई कहिले न्याय दिन्छ ?

सहकारी संस्था खोलेर सिन्सियरले अवैध कारोबार गरिरहेको छ। सिन्सियरमा कालोधन राख्ने गरिएको छ। घुस नखाइकन सिन्सियरका सञ्चालकहरुले केही पनि गर्दैनन्। बाहिर कोट लगाएर चिटिक्क परेर हिँड्ने सिन्सियरका सञ्चालकहरुको कालो कर्तुत बाहिर आउन जरुरी छ।

सहकारीको नाममा ठगीधन्दा चलाउने सिन्सियरमा अनुगमन हुनुपर्ने पीडित पक्ष बताउँछन्।

यसरी यी तीन जनाले जनताहरुलाई ठग्दा धेरै मानिसहरुको सडकको बास भइसकेको छ। सिन्सियरको धेरै लगानी ट्याक्सीमा धेरै छ। के जनताले बचत गरेको पैसा आफूखुसी लगानी गर्न पाइन्छ ? के गर्दैछ सहकरी विभाग र सहकारी महासंघ।

सिन्सियरले गुण्डासमेत पालेकाे स्राेतकाे दाबी छ। सिन्सियरले आफ्नो कालो कर्तुत रोक्न धम्काउने, तर्साउने र परेको खण्डमा गुण्डा लगाएर पिट्नेसमेत गरेकाे पाइएकाे छ। जसका कारण सिन्सियरको गैरकानुनी धन्दा अहिलेसम्म बाहिर नआएको हो।

आफूविरुद्ध बोल्नेको मुखमा बुझो लगाउन सिन्सियरका अध्यक्ष श्रेष्ठ र कार्यकारी सञ्चालक खड्का माहिर छन। यता, पछिल्लो समय सिन्सियर पनि समस्याग्रस्त अवस्थामा पुगिसकेको छ।

संस्थाले केही समयदेखि तरलताको अभाव झेल्दै आएको स्रोतले बताएको छ।

सहकारी ऐनले १६ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा लगानी गर्न नपाउने प्रावधान बनाएको छ। तर, सिन्सियरले ३६ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गरेको स्रोत बताउँछ।

कर्जा दिनेबेला फिर्ता गर्ने निश्चित समय तोकिएको भए पनि सिन्सियरले त्यसअघि नै ऋणीलाई दुःख दिने गरेको छ। समयावधी सकिनुअगावै बारम्बार फोन गरेर धम्काउने गरेको बताइन्छ।

उद्देश्यभन्दा बाहिर लगानी गर्ने सहकारीलाई कारबाही हुन्छः सहकारी विभाग

सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले १६ प्रतिशतभन्दा बढी ब्याज लिने सहकारीलाई कारबाही हुने बताएका छन।

उनले सहकारीले आफ्नाे उद्देश्यभन्दा बाहिर लगानी गरेको पाइएमा सहकारी विभागले पत्रचार गरेर कारबाही अगाडि बढाउने बताए।

‘सहकारीले ट्याक्सी, घर र जग्गामा लगानी गर्न आफ्नाे उद्देश्यमा खुलाउनुपर्छ तर सहकारीहरुले उद्देश्यमा नखुलाई गर्न मिल्दैन। यसरी गरेको खण्डमा सहकारी विभाग चुपचाप बस्दैन’, उपाध्यायले भने। सहकारी विभागमा आएर पत्रसँगै उजुरी दिँदा कारबाहीको प्रक्रिया अगाडि बढ्ने उनले बताए।

बढी व्याजदर लिन पाइदैनः सहकारी महासंघ

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी सुब्बाले सहकारीले बढी व्याजदर लिएर सेवाग्राही ठग्न नमिल्ने बताइन। ‘सबै सहकारी एउटै किसिम पनि हुँदैनन र काठमाडौंमा राम्रो सहकारीहरु पनि थुप्रै छन’, उनले भनिन।

सुब्बा यसरी सेवा शुल्क लिने नपाउने बताउँछिन्। कर्जा चुक्ता गर्ने बेलामा सेवा शुल्क लिनु गैरकानुनी भएको उनको ठम्याइ छ। उनले त्यस्ता सहकारीमाथि नियमक निकायले तत्काल कारबाही अगाडि बढाउनुपर्ने बताएकी छिन्।

सञ्चालकहरुको नियत खराब हुँदा सहकारीमाथिको विश्वासनीयता घट्दै गएको उनको भनाइ छ। सहकारीलाई एउटा निश्चित दायरामा राख्न नसक्दा समग्र क्षेत्र नै बदनाम भएको उनको बुझाइ छ।

ट्याक्सी, घर र जग्गामा सहकारीका शेयर लगानीकर्ताले लगानी गर्न मिल्ने जानकारी दिइन तर सञ्चालकले भने यसरी लगानी गर्न पाइदैन। सहकारीले सेवा सुविधाको नाममा लिइराखेको सेवा शुल्क ठिक हो भनेर जिकिर गरिन्।

‘बैंकले विभिन्न बहानामा जनतासँग पैसा लिन मिल्ने सहकारी किन नमिल्ने भन्दै भ्रम किन ? तर, सहकारीहरुले पनि सही ठाउँमा लगानी गर्नुपर्छ। बढी व्याजदर लिन पाइदैन लिइराखेको सहकारीलाई कारबाही हुन्छ,’ उनले भनिन्।

सहकारीलाई नियमक निकायले ठिक ठाँउमा राख्न नसकेकोप्रति उनले दुःखेसो व्यक्त गरेकी छिन्।

प्रकाशित मिति: : 2023-01-20 17:24:00

प्रतिकृया दिनुहोस्