अहिलेकाे युग टेक्नाेलाेजी र इन्टरनेटकाे रहेकाे छ। २१औँ शताब्दीकाे मध्यतिर आइपुग्दा संसारमा यस्ता टेक्नाेलाेजीहरूकाे विकास भइसकेका छन्, जसले एकै पटकमा विश्वलाई विध्वंश गर्नसम्म सक्छन्।
टेक्नोलोजी र इन्टरनेटको दुनियाँमा हामीले जे देखिरहेका छौं, त्यो शत प्रतिशत सत्य हुन्छ भन्ने छैन। जसरी सामाजिक सञ्जालमा भ्रामक तरिकाले समाचारहरू सम्प्रेषण गरिन्छ, त्यसैगरी भिडियोहरू पनि भ्रामक तरिकाले सम्प्रेषण गरिन्छ। यसलाई डिपफेक भनिन्छ। जसमा वास्तविक भिडियाे र डुप्लिकेट भिडियाे कुन हाे भन्ने पहिचान गर्न निकै गाह्रो हुन्छ।
यसमा आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी (एआई) र मेसिन लर्निङ सफ्टवेयरको प्रयोग गरिएको छ। जसकाे प्रयोग गरेर मिडिया फाइलहरू (फाेटाे, अडियो र भिडियो) को प्रतिलिपि तयार गरिन्छ, जुन वास्तविक फाइल जस्तै देखिन्छ। सरल शब्दमा भन्नुपर्दा, डिपफेक मोर्फ भिडियोको एक उन्नत रूप हो।
उदाहरणका लागि बुझ्नुहोस्- तपाईंले माेबाइलका एपस्टाेरमा यस्ताे एप देख्नुभएकै हाेला, जसमा फिल्मका गीतहरूमा अन्य कुनै व्यक्तिको अनुहार राख्न सकिन्छ। एपस्टोरमा यस्ता एप्स हुन्छन्, जसको उद्देश्य मनोरञ्जन मात्र हो। विशेषगरी यसमा कुनै व्यक्तिले बोलेको शब्द, शरीरको चाल वा हाउभाउ एआईको प्रयोग गरेर अर्को व्यक्तिमा ट्रान्सफर गरिन्छ। तिनीहरू यति सरल तरिकाले तयार हुन्छन् कि भिडियोमा देखिएको व्यक्ति वास्तविक लाग्छ।
यो प्रविधि कतिको खतरनाक छ?
हामी प्रविधिको सही प्रयोग गर्छौं कि गलत भन्ने कुरा हामीमा भर पर्छ। हुन त प्रविधि भनेको मानिसलाई सहयोग र सुविधा प्रदान गर्नु नै हो। तर कतिपय अवस्थामा यसको दुरुपयोग पनि हुने गरेको छ।
डिपफेककाे प्रयाेगले कसैको छवि बिगार्न सक्छ। डिपफेक टेक्नोलोजीको प्रयोगबाट फेक न्यूज र गलत भिडियो बनाउनका लागि गर्न सकिन्छ र याे भइरहेको पनि छ। कुनै पनि व्यक्तिको सोसल मिडिया प्रोफाइलबाट फोटो खिचेर फेक भिडियो बनाउन सकिन्छ। कुनै प्रसिद्ध वा उल्लेखनीय व्यक्तिको ‘एमएमएस’ बनाउन सकिन्छ।
तिनका शब्दहरू पनि परिवर्तन गर्न सकिन्छ। यसको माध्यमबाट कसैलाई ठगी गरेको भिडियो बनाएर बदनाम वा धम्की दिन सकिन्छ।
कसरी बच्न सकिन्छ?
डिफफेकबाट बच्नकाे लागि जहिले पनि भिडियाेसँगै तस्वीर लिने गर्नुपर्दछ। यसले भिडियाेलाई गाेप्य गर्दछ, ताकि फोटो परिवर्तन गर्न नसकियाेस्। यी फिचर स्मार्ट क्यामेरामा आउँछन्। यसका लागि स्मार्ट मोबाइलमा एप्स पनि छन्। क्रिप्टोग्राफी एक प्रक्रिया हो। जसमा टेक्स्ट, फोटो वा भिडियो जस्ता जानकारीहरू गाेप्य कोडमा रूपान्तरण हुन्छ।
जब हामी यस प्रक्रियाबाट व्यक्तिलाई जानकारी पठाउँछौं, तब यो एक कोडमा रूपान्तरण हुन्छ। उक्त जानकारी हेर्नका लागि व्यक्तिले कोड प्रयोग गर्नुपर्ने हुन्छ। सामाजिक सञ्जालमा आफ्नो फोटो वा भिडियो धेरै शेयर गर्नु हुँदैन। सामाजिक सञ्जालकलाई निजी राख्नुहोस्। १५-२० वटा फोटो एकैपटक शेयर नगर्नुहोस् किनभने यसले साइबर आक्रमणको जोखिम बढाउँछ।
आफ्नो फोटोको सिरिज नराख्नुहोस् अर्थात एकै प्रकारको धेरै तस्वीरहरू शेयर नगर्नुहोस्, किनकि साइबर अपराधीहरूले धेरै फरक फोटोहरू संकलन गर्न सक्दछन् र एआईद्वारा तिनीहरूबाट डाटा निकालेर त्यसको दुरुपयोग गर्न सक्दछन्।