फिफा विश्वकपः फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्दै

photo : the sporting news
photo : the sporting news

कतार फिफा विश्वकप अन्तर्गत आज प्रिक्वाटरफाइनलका दुई खेल आयोजना हुँदैछन्।

दोहामा पहिलो खेलमा फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार राति पौने ८ बजे अल थुमामा मैदानमा हुनेछ।

फ्रान्स र पोल्यान्डबीच विश्वकपमा दोस्रो भेट हुन लागेको हो। सन् १९८२ मा भएको तेस्रो स्थानको भेटमा पोल्यान्डले ३-२ ले जितेको थियो । पोल्यान्ड समूह डी को विजेता बन्दै नकआउट पुगेको थियो।

पोल्यान्ड भने समूह सी को उपविजेता भएको हो । पछिल्लो सात भेटमा फ्रान्स पोल्यान्डविरुद्ध अपराजित छ। सन् २००६ पछि नकआउट चरण पुग्ने फ्रान्स साविक विजेता बनेको छ।

राति पौने एक बजे हुने खेलमा इंग्ल्यान्ड र सेनेगल आमुने सामुने हुनेछन्। खेल अल बायत मैदानमा हुनेछ। गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड समुह बी को विजेता बनेको थियो। विश्वकपमा इंग्ल्यान्डले एक सय गोल पूरा गरेको छ।

अफ्रिकन च्याम्पियनविरुद्ध इंग्ल्यान्डका ह्यारी केन, मार्कुस रसफार्ड, फिल फोडेन, जड विलिंघम, रहिम स्टर्लिङ जस्ता खेलाडी हुनेछन्। सेनेगल भने समूह ए को उपविजेता रुपमा नक आउट चरणमा पुगेको थियो।

प्रकाशित मिति: : 2022-12-04 19:19:00

प्रतिकृया दिनुहोस्