प्रचण्डलाई एमाले अध्यक्ष ओलीको फोनः चुनाव जितेकोमा बधाई

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन्। माओवादी स्राेतका अनुसार  बिहीबार दिउँसाे प्रचण्डलाई ओलीले फोन गरेका हुन्।

अध्यक्ष ओलीले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुराकानी गरेकाे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन्। 'एमाले अध्यक्ष केपी शर्मा ओलीले कमरेड प्रचण्डलाई दिउँसाेतिर टेलिफोन गरेर बधाई दिनुभयाे,' मल्लले भने, 'आगामी दिनमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे पनि कुराकानी भयाे।'

०७७ माघमा नेकपा विभाजनपछि दुवै नेताबीच तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो। तर ओलीले प्रचण्डसँग बिहीबार फाेनवार्ता गरेपछि नेपाली राजनीति एकाएक तातिएकाे छ।

प्रकाशित मिति: : 2022-11-24 18:54:00

प्रतिकृया दिनुहोस्