तनहुँ २: कांग्रेसका भण्डारीको अग्रता कायमै, पछ्याउँदै गुरुङ

तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता कायमै छ। आज बिहान ११ः३० बजेसम्म सार्वजनिक मतपरिणामअनुसार भण्डारीले १६ हजार चार सय ९६ मत प्राप्त गरेका छन्। 

प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले १३ हजार सात सय ४८ मत प्राप्त गरेका छन्। हालसम्म ३६ हजार एक सय आठ मतगणना सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार तीन सय ५४ र राप्रपाका नरेन्द्रप्रताप महतले पाँच सय सात मत प्राप्त गरेका छन्। 

प्रदेश (१) तर्फ नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकेशरी न्यौपानेले अग्रता लिएका छन्। न्यौपानेले छ हजार छ सय ३७ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले पाँच हजार नौ सय १९ मत प्राप्त गरेका छन्।

प्रदेश (२) तर्फ नेपाली कांग्रेसका जीतप्रकाश आलेले पाँच हजार पाँच सय ६० र नेकपा (एमाले)का केदार सिग्देलले चार हजार आठ सय ३७ मत प्राप्त गरे।

प्रकाशित मिति: : 2022-11-22 13:15:00

प्रतिकृया दिनुहोस्