अरिङ्गालले टोक्दा बझाङमा एक बालकको मृत्यु  

file photo
file photo

बझाङका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ।

जिल्लाको थलारा गाउँपालिका-८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहीबार मृत्यु भएको हो।

भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको बताइएको छ।

अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्‍याएको र बिहीबार मृत्यु भएको थलारा-८ का वडाध्यक्ष टीकाराज जोशीले बताए।

प्रकाशित मिति: : 2022-11-04 19:46:00

प्रतिकृया दिनुहोस्