बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा थुनामा पठाइएका छन् ।
गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।
सन्दीपले ठूला वकीलहरूको जोहो गरेर उनीहरूमार्फत् उनीविरूद्ध बलात्कारको आरोप लगाउनने किशारी नावालिग भएको तर्क गराएका थिए । तर, सरकारी वकीलहरूले प्रश्न उमेरको नभएर बलात्कारको भएकोेले पुर्पर्क्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । त्यही जिकिरको आधारमा न्यायाधीश घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएका थिए ।
यो निर्णयसँगै स्टारडमका आधारमा किशारीहरूमाथि बक्रदृष्टि लगाउनेविरूद्ध मन बनाएका नेपालीहरू खुशी भएका छन् भने फ्यान कल्चरमा लिप्त सन्दीपका फ्यानहरूमा भने ठूलो ब्रजपात परेको छ । अझ, सौता सिन्ड्रोमबाट ग्रस्त भएर उल्टै के खोज्नलाई राति राती होटल जानुपर्यो भन्ने भन्ने मिहला फ्यानलाई ऐठन नै भएको हुनुपर्छ ।
तर, जे भए पनि ढिलोचाँडो उनीहरू पनि होशमा नआइ हुदैन भन्ने पाठ यो निर्णयले पढाउने नै छ ।