काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ।
न्युरोडको जुद्ध शालिक नजिकको एक मन्दिरभित्र मंगलबार बिहान शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रहरीका अनुसार अन्दाजी ५५, ५६ वर्षको पुरुष ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन्। तर सनाखत हुन बाँकी छ।
मृतकको टाउकोमा चोट देखिएको छ। घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ। घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।