नवलपरासी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

नवलपरासी बर्दघाट सुस्ता पुर्वको बुलिङटार गाउँपालिका–२ मथारमा आज बिहान बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ। 

मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया फूलमाया माझी रहेका छन्। 

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले जानकारी दिएको छ। 

भरतपुरका विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। 

पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो।  

प्रकाशित मिति: : 2022-10-30 15:51:00

प्रतिकृया दिनुहोस्