लमजुङमा राति ८ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

File photo
File photo

दीपावलीका अवसरमा खेलिने देउसी–भैलो लगायतका कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएकोे छ।

जिल्ला प्रशासन कार्यालय लमजुङले देउसी–भैलोलगायतका साँस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्तिसुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति ८ बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ। 

विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।

साथै, दीपावलीको अवसरमा भुइँचम्पा, पटका,आतसबाजीलगायतका विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ। 

 

प्रकाशित मिति: : 2022-10-22 16:53:00

प्रतिकृया दिनुहोस्