मानव अधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पुर्याएबापत दुईजना साहित्यकारलाई पुरस्कृत गरेको छ।
समाजद्वारा शुक्रबार आयोजित एक कार्यक्रममा साहित्यकार सीमा आभासलाई रु २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र मनु विश्वकर्मालाई रु २० हजार राशिको ‘नारायण दाहाल स्रष्टा सौगात’ पुरस्कारबाट सम्मान गरिएको छ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गर्दै नगरले भौतिक संरचनाको विकासलाई भाषा, साहित्य र कलासँग जोड्न सके दिगो विकास हुने बताए।
समारोहमा प्राज्ञ विवश पोखरेल, खेम नेपाली, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, आयोजक संस्थाका मोरङ अध्यक्ष भेषराज पोखरेल, सचिव अशोक लामालगायतले साहित्य एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्कने धारणा राखे।