भाटभटेनी सुपरमार्केटको नाममा स्क्याम लिंक फैलिएको पाइएको छ। प्रयोगकर्तालाई नयाँ शाखा खुलेको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमा स्क्याम लिङ्क फैलाइएको हो।
उक्त लिङ्कमा क्लिक गरेको खण्डमा भाटभेटनी सुपरमार्केटको जस्तो नक्कली वेबसाइटको इन्टरफेस देखिन्छ, जहाँ सबैभन्दा माथि ‘बधाई’ लेखिएको हुन्छ।
यदि उक्त लिंकबाट प्रकाशित गरिएको प्रश्नको उत्तर दिएको खण्डमा पाँच हजार रुपैयाँ जित्ने उल्लेख गरेको छ। जसमा भाटभेटनी सुपरमार्केटमा संलग्न व्यक्तिको फोटो समेत राखिएको छ। यसरी ह्याकरले प्रयोगकर्ताको डिभाइसको एक्सेस पाउँछन्।
स्क्याममा पर्नसक्ने जोखिम बढी हुन्छ। यसरी प्रयोगकर्तालाई आफ्नो जालोमा पार्दै ह्याकर फिशिङ आक्रमण गर्छन्। यसबाट उनीहरूले बैंक तथा सामाजिक सञ्जालका अकाउन्ट ह्याक गर्नसक्ने साइबर सुरक्षा विज्ञ बताउँछन्।
सामाजिक सञ्जालबाट सक्याम लिङ्क फैलिएपछि भाटभटेनी सुपरमार्केटले आधिकारिक रूपमा उक्त लिङ्क स्क्याम गर्न फैलाइएको भन्दै त्यस्ता लिङ्क नखोल्न आग्रह गरेको छ ।