कपिलवस्तुमा बहुप्रतिक्षित विषय हो, अस्पताल निर्माण। निकै लामो समय बित्यो, यो आशा गरेको। काोभिड महामारीमा यहाँका जनताले त्यो अभाव भएको झनै महशुस गरे।
६० वर्ष पुरानो कृष्णननगर सामुदायिक अस्पताल निर्माणका लागि करिब २ करोड बराबरको बजेटको व्यवस्था मिलाएर आफ्नाे पुर्ख्याैली थलोमा अस्पताल निर्माणका लागि पहल सुरु गरेसँगै कृष्णनगरका जनतामा आशा र उत्साह थप्ने काम सुरु भयो। साथै गरिब र किसानको बाहुल्यता रहेको जिल्लाको विजयनगरस्थित जगदिशपुरमा सर्पदशं उपचार केन्द्र स्थापनार्थका लागि पनि बजेटको जोहो भयो। यी र यस्ता थुप्रै कामका लागि कपिलवस्तुमा खटिएका छन्, वीरेन्द्र कनोडिया।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनोडिया यतिबेला आफ्नो निर्वाचन क्षेत्र कपिलवस्तु क्षेत्र नं.३ प्रदेशसभा ‘ख’ मा आफ्नाे कार्यकालको कार्य प्रगती तथा आगामी वर्षमा लागु गरिने कार्यक्रमहरु लिएर मतदाता समक्ष छलफल र भेटघाटमा जुटेका छन्।
नेकपाको सरकार रहँदा आफ्नाे क्षेत्रमा बजेट आउन नसकेका कुराहरुको गुनासो बढेपछि उनलाई त्यो विषयले घोत्लिन बाध्य बनायो। प्रदेशसभा सदस्या कनोडीया बजेटका लागि हरसम्भव प्रयासमा लागिरहेका थिए। तर जनताको आकांक्षाअनुसार बजेट पाइरहेका थिएनन्। जब वाम गठबन्धन भत्कियो कनोडीयाका योजनाहरुले साकार रुप लिन थाले।
कांग्रेस र माओवादीसँगै अन्य दलहरुको सहयोगमा लुम्बिनी प्रदेश सरकार गठन भएपछि कनोडियाका सानादेखि ठुला योजनाले उनले आफ्नो निर्वाचन क्षेत्रमा एकपछि अर्को गर्दै स्थान पाउन थाले।
उनले गरिव जनताको स्वास्थ्य समस्यालाई सम्बोधन गर्न विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिका क्षेत्रमा झुपडीमुक्त कार्यक्रम लागु गराए। कार्यक्रमअन्तर्गत १८ सय घरधुरीलाई प्रत्यक्ष लाभान्वित हुने उक्त कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीलाई ५० हजार बराबरको घरको छाना छाउने कर्कट पाता (सिजीआई सिट) र १० हजार नगद उपलब्ध गराउने व्यवस्था भएको छ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका कनोडियाले विजयनगर स्थानीय तहअन्तर्गतका विभिन्न वडाहरुमा रहेका धार्मिक तथा सांस्कृतिक महत्वका मठ, मन्दिर, मस्जिद, पोखरी, तालतलैया, झरनासहित पर्यटकीय पूर्वाधार निर्माणका लागि १ करोड ३० लाख बजेट व्यवस्था गरेका छन्।
कपिलवस्तुको विकासमा कनोडियाको प्रयासमा दलित जनता आवास कार्यक्रम लागु गराउँदै दुई कोठे भवन निर्माण गराउन बजेट उपलब्ध गराइएको छ। साथै यो कार्यक्रमको थप विस्तार गरिँदै लगिनेछ। प्रत्येक वडामा सिँचाइका लागि स्यालो ट्युवेल जडान गर्ने कार्यक्रम सुरुवात भएको छ। प्रत्येक वडामा सामुदायिक भवन र धर्मशाला निर्माणका लागि बजेटको व्यवस्था भएको छ।
कनोडियाकै पहलमा शिवराज-९ स्थित उद्योग वाणिज्य संघमा भवन निर्माणका लागि ३० लाख रकम बजेट छुट्याइएको छ। कृष्णनगरस्थित खानेपानी हैण्डपम्प जडानका लागि ५० लाख बजेट व्यवस्था मिलाएका छन्। विजयनगर स्थानीय तहअन्तर्गत पर्ने वडा नम्बरहरु २,५,६ र ७ मा स्वच्छ खानेपानी हैण्डपम्प जडानका लागि ५० लाख बजेट छुट्याइएका छन्। उनकै निर्वाचन क्षेत्रमा विजयनगर-५ कटुवास्थित सामुदायिक भवन निर्माणका लागि पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयसँग अनुरोधमा २० लाख बजेट छुट्याएका छन्।
प्रदेशसभा सदस्य कनोडियाले कृष्णनगर-१० स्थित राष्टसेवक आधारभूत विद्यालय भवन निर्माणका लागि २० लाख बजेटको उपलब्ध गराएका छन्। विजयनगर-७ स्थित मदरसा अहिले सुन्नत भवन निर्माणका लागि शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयमार्फत १० लाख बजेट छुट्याइएको छ।
कृष्णनगर-११ कप्तानगन्जस्थित पहाडी बाबा मन्दिर निर्माणका लागि २० लाख बजेटको व्यवस्था गरिएको छ। कृष्णनगर-१ म रहेको अधुरो नेपाल भारत सीमा प्रवेशद्वार गेट निर्माणका लागि प्रदेश सरकारसँग माग गरी १६ लाख रकम छुट्याइएको छ। कृष्णनगर-२ कालीमाई मन्दिर जिर्णोद्वारका लागि १६ लाख रकमको व्यवस्था मिलाइएको कनोडियाको भनाइ छ।
कपिलवस्तु बहुमुखी क्याम्पसको भवन निर्माणार्थ तौलिहवामा १५ लाख बजेट मिलाइएको छ। कृष्णनगर-२ स्थित श्रीराम जानकी मन्दिर जिर्णोदारका लागि १६ लाख रकम मिलाइएको छ। शिक्षमा जनताको सहज पहुँच रहोस् भन्ने हेतुले विद्यालय र मदरसाहरुलगायतका संस्थाहरुको भौतिक संरचना तथा सुरक्षका लागि समान तरिकाले बजेट छुट्याइएको कनोडिया भन्छन्।
कोभिड महामारीमा हजारौंको संख्यामा गास र बासको समस्यामा परेका जनतालाई राशन वितरण तथा स्यास्थ्य उपचारमा जनतालाई सहज हुनेगरी व्यववस्थापन गरेको स्मरण गर्दै कनोडिया भन्छन, ‘मारवाडी सेवा परिषद अतिथि सदन निर्माणार्थ ८५ लाख बराबरको रकम छुट्याइएको छ।’
शिवराज-९ स्थित चिरइखोला नियन्त्रण कार्यक्रमका लागि ३० लाख बजेट छुट्याइएको छ। शिवराज-७ स्थित नौगजवा फार्ममा डिप बोरिङ्ग जडानका लागि २० लाख बजेट छुट्याइएको छ। कृष्णनगर-१ गुर्चिहवा स्थित सुरही नदी नियन्त्रण कार्यका लागि रु.२० लाख बजेट छुट्याइएको छ।
कनोडिया प्रदेशको मुख्यमन्त्रीका प्रमुख दावेदार समेत हुन्। कपिलवस्तुका स्थानीयवासीहरु उनलाई अबको मुख्यमन्त्रीका रुपमा देख्न चाहेको बताउँछन्। स्थानीयवासी स्माइल खाँ भन्छन्, ‘हामी यहाँबाट मुख्यमन्त्री बनाउन चाहन्छौं।’
नेपाली कांग्रेसको संसदीय दलका नेता रहिसकेका कनोडिया कांग्रेस संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा नजिक रहेका विश्वास पात्रसमेत हुन्।