यस वर्ष भक्तपुरको तलेजुमा तिहार कार्तिक ७ गतेदेखि तीनदिन मनाइने भएको छ।
तिहार मनाउने विषयमा विवाद भएपछि आइतबार बसेको छलफलबाट कार्तिक ७, ८ र ९ गते गरी तीनदिन तिहार मनाउने निष्कर्ष निकालेको भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले बताए।
७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा (गोवर्दन पूजा) र ९ गते किजा पूजा (भाइटिका) गर्ने निर्णय भएको उनले बताए।
यो पटक कसैले ८, ९, १० त कसैले ७, ८, ९ र १० गते गरी तीनथरीका दिनमा तिहार मनाउने बताएपछि विवाद भएको थियो।