थाहा पाउनुहोस् तपाईंको राशिफल

आजको पात्रो : ३० असोज २०७९, आइतबार। तद्नुसार १६ अक्टुबर २०२२। कार्तिककृष्णपक्ष षष्ठी, बणिज करण, आन्द्रा नक्षत्र परिध योग, चन्द्रमा मिथुन राशिमा रहेको छ। 

आज बिहान सूर्योदय ६ः०४ मा भएको छ भने सूर्यास्त ५ः३४ मा हुनेछ। आइतबार सूर्योदयको दर्शन गरेर दिनको यात्रा शुरुवात गर्दा शुभ हुनेछ। आज ११ः२७ देखि १२ः१३ सम्मको समय अभिजित महूर्त रहेको छ। यो समयमा गरेको काम शुभ हुनेछ।

आजका देवता विश्वकर्मा र ग्रहदेव शनि रहेको छ। आइतबार सरकारी कामकाज शुरुवात गर्दा शुभ हुनेछ। साताका पहिलो दिन भएकाले सरकारी काम आइतबार शुरु गर्दा साताभित्र सकिन्छ। आजको दिन व्यापार व्यवसाय आदि कामका लागि त्यति उपयुक्त देखिदैन।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला। मनमा अनेक सोच र चिन्ता छाउने छ। मेष राशिका जातकले आजको दिन सकारात्मक सोच राख्नुहोला। आजको दिन आर्थिक व्यय हुनेछ। आजको दिन उत्तर दिशातर्फ यात्रा नगर्नुहोला।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातका लागि आज अर्थ लाभ हुनेछ। व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ। पूर्वदिशा तर्फको यात्रा फलदायी  हुनेछ। खुसी हुने खबरले मनमा उत्साह थपिने छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
धनलाभ र नयाँ सुखद खबरले खुसियाली छाउने छ। घरपरिवार र आफन्तसँग सम्बन्ध सुमधुर हुनसक्छ। आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ। कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ। चन्द्रमाको साथ रहेको छ। विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ। सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ। आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ। आइतबारको दिन बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आइतबार सूर्योदयको दर्शन गर्नुहोला। आजको दिन अनुकूल रहेको छ। केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ। कसैलाई सहयोग गर्नुभए बापत मानसम्मान मिल्नेछ। पारिवारका सदस्यले समेत सम्मान गर्नेछन्।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
छोटो दुरीको यात्रा हुनसक्छ। नयाँ मित्रसँगको भेटले काममा उत्साह थपिने छ। आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ। कुनै कन्यालाई फल र दक्षिण दिनुभयो राम्रो हुनेछ। बिहान सूर्योदयको दर्शन गर्नुहोला। चन्द्रमाको साथ रहेको छ। शुभकार्यको लागि शुभ दिन रहेको छ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन हानीहुनसक्छ। यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ। आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला। अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला। सामाजिक सेवा र देवालय दर्शन र खानेकुरा प्रदान गर्नुहोला।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला। मनमा प्रसन्नता र उत्साह बढ्ने छ। कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ। आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ। नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ। 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ। आजको दिन सूर्यनारायणको दर्शन पछि आफ्ना यात्रामा बीचमा पर्ने कुनै देवालय र शिवालयको यात्रा गर्नुहोला।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ। परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ। सकारात्मक सोच र मनमा उर्जा थपिने छ। परिवारका सदस्यलाई केही उपहारका सामान दिनुहोला। तपाईको मानसम्मान बढ्ने छ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा आज  प्रसन्नता छाउने छ। कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ। ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला।सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ। अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ। कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतबार उत्तम दिन हो। साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला। शिवालयको आरती दर्शन गर्नुहोला। सिर्जनात्मक काममा लाग्नुहोला। 

प्रकाशित मिति: : 2022-10-16 06:04:00

प्रतिकृया दिनुहोस्