नेपालबाट मनसुन बाहिरिन थाल्यो, एउटा प्रदेश मात्रै बाँकी

File photo
File photo

नेपालमा २२ जेठ अर्थात ५ जुनमा पूर्वी भू-भागबाट प्रवेश गरेको मनसुन ६ वटा प्रदेशबाट बाहिरिएको छ।

यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ।

नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ।

सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ। तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ।

प्रकाशित मिति: : 2022-10-15 13:00:00

प्रतिकृया दिनुहोस्