दाङमा मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीय बालकको ज्यान गएको छ।
शान्तिनगर गाउँपालिका-७ खैरेनीका ५ वर्षीय छोरा स्मार्ट डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
शुक्रबार बेलुकी हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा७प ३१३१ नम्बरको मोटरसाइकले बालकलाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचाकार क्रममा मृत्यु भएको हो। मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।