एनपि स्टार मिडिया प्रा. लि.द्वारा सञ्चालित ताजा पत्रिका डटकम पाँचौँ वर्षमा प्रवेश गरेको छ।
समाचार सधैं ताजा भन्ने मुल मन्त्रका साथ २०७५ सालमा सञ्चालनमा आएको न्युज पोर्टलले आफ्नो प्रकाशनको चार वर्ष पुरा गरेर पाँचौँ वर्षमा प्रवेश गरेको हो।
पत्रिकाले खोजमुलक सामग्री पाठक माझ ल्याउँदै आएको छ। आफ्नो प्रकाशनको पाचौँ वर्षसम्म आइपुग्दा विभिन्न चुनौतीका चाङहरु चिर्न सफल भएको प्रधान सम्पादक अर्जुन बिष्टले जानकारी दिए।
उनले भने, 'निकै कस्ट र सकसको यात्रा तय हुँदै आज पाचौँ वर्षमा प्रवेश गरेका छौँ। सत्य तथ्यमा रहेर हामीले सधैं पत्रकारिताको आधारभुत सिद्धान्तभित्र रहेर समाचार प्रकाशन गर्दै आएका छौँ। यो सुखद् अनुभूति आम पाठक र दर्शकलाई सुनाउन पाउँदा हामी पुलङ्कित भएका छौँ।'
सम्पादक विष्टले ताजा पत्रिकालाई यो स्थानसम्म ल्याउन सहयोग गर्ने सम्पुर्ण पत्रकार, कर्मचारी, विज्ञापनदाता, टेक्निकललगायत सम्पूर्ण पाठकलाई धन्यवाद दिँदै जनपक्षीय पत्रकारितामा आफूहरु कतैपनि नचुकेको बताए।
'जनताका पक्षमा हामीले सशक्त रुपमा कलम चलाएका छौँ। जनमुखी र खोज मुलक समाचारमा हाम्रो यात्रा निरन्तर अघि बढ्ने छौँ', बिष्ट बताउँछन्।
प्रिय पाठकहरु,
नेपाली पत्रकारिताको क्षेत्रमा केही फरक गर्ने सोचले २०७५ साल असोज २६ गते हामीले ताजा पत्रिका डटकम सञ्चालन गरेका थियौंँ। समाचार सधैं ताजा भन्ने मुल मन्त्रका साथ सुरु भएको हाम्रो यात्राले आज चार वर्ष पुरा गरेको छ। हामी पाचौँ वर्षमा प्रवेश गर्दैगर्दा हामीले निरन्तर निस्पक्ष ,जनपक्षीय र सत्य तथ्यमा विश्वास राख्ने आम नेपालीको साझा र विश्वसनीय सञ्चार माध्याम बन्ने प्रण गर्दछौँ।
नेपाली पत्रकारितामा नयाँ मिडियाका रुपमा चिनिएको अनलाइन पत्रकारिता आफैँमा चुनौतीपूर्ण छ। हाम्रो यो चुनौतीपूर्ण र छोटो यात्रामा ताजा पत्रिका डटकमलाई आम पाठकले अनलाइन सञ्चार माध्यमको क्षेत्रमा अग्रणी सञ्चार बनाइ दिनुभयो। अन्याय र भ्रष्टाचारको विरुद्धमा लम्किएको हाम्रो यात्रामा आम पाठक वर्गले साथ दिनुभयो।
खोजी पत्रकारिताको माध्यामबाट पाठकको समाचारको प्यास मेटाउन गरिएको कोशिसले यहाँहरुको मन जित्न सफल भएको छ। दर्शक, स्रोता र पाठकले हामीलाई रुचाउनुभयो। यहाँहरुको हौसला साथ समर्थन नै हाम्रो लागि अगाडि बढ्ने प्रेरणाको स्रोत भएको छ।
यो यात्रा निकै चुनौतीपूर्ण रह्यो।त्यो हामीलाई राम्ररी थाहा छ। भ्रष्टाचार, अनियमितता, दलालीकरण र बेथितिमा रमाउन खोज्नेहरुका लागि हामी बाधक बनेका छौँ। आगामी दिनहरुमा पनि सशक्त, सहनशीलताका साथ निष्पक्ष पत्रकारितालाई प्राथमिकता दिने छौँ।
ताजा पत्रिका डटकम सधैं तपाईंहरुको दु:खको साथी बन्दै आएको छ। ताजा खबरहरु आम पाठक वर्गमा पुर्याउँदै हामी सधैं गलत प्रवृत्तिका विरुद्ध आवाज उठाउँदै आएका छौँ। विज्ञापन मिडियाको मेरुदण्ड भएकोले हाम्रा सहयोगी शुभेच्छुक विज्ञापनदाताप्रति नमन गर्दछौं। तपाईंहरुको साथ बिना हामी सधैं अपुरो नै हुन्छौँ।
हामीविरुद्ध भएका थुप्रै षड्यन्त्र, धम्की, शक्तिको गलत प्रयोग गरेर हामीमाथि लगाइएका आरोपहरु हाम्रा पाठकको अघात मायाको अगाडि सबै फिक्का छन्। त्यस्ता कार्यले हामीलाई उर्जा मिल्ने कुरामा विश्वस्त छौँ।
एनपि स्टार मिडिया प्रा.लि. द्वारा सञ्चालित ताजा पत्रिका काठमाडौंबाट निरन्तर खबरदारीका साथ सञ्चालनमा आएको छ। आफ्नै कन्ट्यनको समाचार लेख्ने, बेथितिको भण्डाफोर गर्दै आएका छौँ।
ताजा पत्रिकाले समाजको ऐनाको रुपमा निर्भिकता सत्य तथ्य समाचार सम्प्रेषण गर्दै चार वर्ष पुरा गरेर पाँच वर्षमा प्रवेश गरेका छ। सञ्चार माध्यामको प्रयासले आमनागरिकमा परिवर्तन ल्याउने विश्वासका साथ जिम्मेवार मिडियाको रुपमा हाम्रो पाँचौ पाइला अघि सरेको छ।
निर्भिक पत्रकारिताको जग हामी कहिल्यै बिर्सने छैनौँ। वडा दशैँ र शुभदिवावलीको आगमनसँगै हाम्रो पाचौँ पाइला अघि सरेको छ। ताजा पत्रिकालाई तपाईंको साथ सधैं रहने हाम्रो पूर्ण विश्वास छ। देश तथा विदेशबाट हामीलाई सयौं पाठकले पढ्नुहुन्छ। यो हाम्रा लागि गर्वको कुरा हो।
पाठकको यही विश्वास नै हाम्रो सबैभन्दा ठुलो पुँजी हो। यसले हामीलाई हरेक दिन जिम्मेवार, निडर र निष्पक्ष पत्रकारिता गर्न प्रेरित गर्छ।
आगामी दिनहरुमा यहाँहरु संगसँगै हामी ताजा पत्रिका लाई थप सबल, सिर्जनशील, सहनशीलता र विश्वसनियतामा थप उचाई बढाउने छौँ। नागरिक र सञ्चार माध्यमको सम्बन्धले नै सामाजिक विकासमा सहयोग पुग्ने हुँदा ताजा पत्रिकालाई तपाईं पाठकहरूको साथ रहनेछ भन्ने हाम्रो विश्वास छ। अन्तमा हाम्रा सम्पुर्ण पाठक, विज्ञापनदाता, कर्मचारी, साझेदारी सञ्चार माध्यम, समाचार एजेन्सी पत्रकारहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
प्रधान सम्पादक
अर्जुन बिष्ट
ताजा पत्रिका