ताप्लेजुङ फुङलिङ नगरपालिका–४ वीरेन्द्रचोकस्थित अम्मर श्रेष्ठको कञ्चन मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–१ बस्ने ताप्लेजुङ सिदिङवा गाउँपालिका–५ घर भएका २७ वर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु छन्।उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
असोज १७ बिहान उक्त मनी ट्रान्सफरबाट नगद तथा सुन चोरी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथर र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
लिम्बुलाई फालेलुङ गाउँपालिका–८ बाँसबोटेस्थित खाली घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।