गठनबन्धनले गठन गर्‍यो निर्वाचन परिचालन समिति

प्यूठानको गठनबन्धन दलहरूले आम निर्वाचनको लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि संयुक्त निर्वाचन परिचालन समिति गठन  गरेको छ। 

सोमबार जनमोर्चाको कार्यालय खलंगामा छलफलपछि जिम्मेवारी बाडँफाडँ गरेको हो। 

परिचालन समितिमा राष्ट्रिय जनमोर्चाकोका बोमबहादुर खत्रीको संयोजकमा सदस्यहरुमा नेपाली कांग्रेसका सुवास केसी, नेकपा (माओवादी केन्द्र)का नारायण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का राजकुमार कक्षपती, नेपाल समाजवादी पार्टीका श्याम गहतराज रहने निर्णय गरेका छन्।

त्यस्तै प्रदेश 'क' मा नेकपा (माओवादी केन्द्र) का यज्ञबहादुर केसी  (प्रभात) को संयोजकमा सदस्यहरु नेपाली कांग्रेसका टोपाराम कालाथोकी, राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य, नेकपा (एकीकृत समाजवादी) का कृष्ण रायमाझी, नेपाल समाजवादी पार्टीका शिवबहादुर पुन रहेका छन् भने प्रदेश 'ख' मा नेपाली कांग्रेसकि नीमा गिरीको संयोजक सदस्यहरु नेकपा (माओवादी केन्द्र) का विश्वबन्धु थापा, राष्ट्रिय जनमोर्चाका तिलक जीसी, नेकपा (एकीकृत समाजवादी का दलबहादुर केसी र नेपाल समाजवादी पार्टीका दामोदर गिरी रहने भएका छन्। 

प्रतिनिधिसभाको सम्पर्क कार्यालय जुम्री, प्रदेश 'क' को सम्पर्क कार्यालय चकचके र प्रदेश 'ख' को सम्पर्क कार्यालय बाग्दुलामा स्थापना गर्ने र प्रचारप्रसार र जनसम्पर्कका सबै कार्यहरु निर्वाचन सम्पर्क कार्यालयबाट हुने समेत जानकारी दिएका छन।

यस्तो छ संयुक्त वक्तव्य:-

मिति २०७९ असोज २४ गते प्यूठान जिल्लाका पाँच दलीय गठनबन्धनको बैठक राष्ट्रिय जनमोर्चाको कार्यालय, खलंगामा सम्पन्न भएका बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ।

१. प्यूठान जिल्लामा २०७९ असोज १८ गतेदेखि परिरहेको अविरल वर्षाको कारण आएको बाढी, पहिरोबाट केही व्यक्तिको निधन भएको छ भने केही जना बेपत्ता हुनुभएको छ चौपाया र बालीनालीको ठूलो क्षति भएको छ बाढीपहिरोबाट निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं बाढी पहिरोबाट बेपत्ताहरुको खोजी, पीडितहरुको उद्धार र राहत कार्यमा लाग्न तीन तहका सरकार, प्रशासन, राजनीतिक दलका नेताकार्यकर्ता र सबै जनप्रतिनिधिहरुलाई अनुरोध गर्दछौं घाइतेको निशुल्क उपचार, विस्थापित र पीडितलाई खानपान, बसोबास र क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दछौं ।

२. मिति २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको छ प्रतिनिधिसभा निर्वाचन परिचालन समितिमा राष्ट्रिय जनमोर्चाको तर्फबाट संयोजक बोमबहादुर खत्री, सदस्यहरुमा नेपाली कांग्रेसका सुवास केसी, नेकपा (माओवादी केन्द्र)का नारायण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का राजकुमार कक्षपती, नेपाल समाजवादी पार्टीका श्याम गहतराज रहने निर्णय भएको छ प्रदेश 'क'मा नेकपा (माओवादी केन्द्र) को तर्फबाट संयोजक यज्ञबहादुर केसी (प्रभात), सदस्यहरु नेपाली कांग्रेसका टोपाराम कालाथोकी, राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य, नेकपा (एकीकृत समाजवादी) का कृष्ण रायमाझी, नेपाल समाजवादी पार्टीका शिवबहादुर पुन रहने निर्णय भएको छ भने प्रदेश 'ख' मा नेपाली कांग्रेसको तर्फबाट संयोजक नीमा गिरी, सदस्यहरु नेकपा (माओवादी केन्द्र) का विश्वबन्धु थापा, राष्ट्रिय जनमोर्चाका तिलक जीसी, नेकपा (एकीकृत समाजवादी का दलबहादुर केसी र नेपाल समाजवादी पार्टीका दामोदर गिरी रहने निर्णय भएको छ।

३. निर्वाचन परिचालनको लागि प्रतिनिधिसभाको सम्पर्क कार्यालय जुम्री, प्रदेश 'क'को सम्पर्क कार्यालय चकचके र प्रदेश 'ख'को सम्पर्क कार्यालय बाग्दुलामा स्थापना गर्ने निर्णय गरियो निर्वाचन परिचालन, प्रचारप्रसार र जनसम्पर्कका सबै कार्यहरु निर्वाचन सम्पर्क कार्यालयबाट हुने भएको जानकारी गराउन चाहन्छौं।

४. संयुक्त गठबन्धनका उम्मेदवारहरु प्रतिनिधिसभातर्फ गिलास चिन्हमा मतदान गरी राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, प्रदेशसभा 'क'बाट गोलाकारभित्रको हसिया हथौडामा मतदान गरी नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश), प्रदेशसभा 'ख' बाट रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसका सरोज थापा (रोज राणा)लाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण प्यूठानी जनतालाई अपील गर्दछौं निर्वाचनमा प्रचार प्रचार तथा परिचालन हुनको लागि गठबन्धनका सम्पूर्ण नेताकार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई आह्वान गर्दछौं।

प्रकाशित मिति: : 2022-10-10 20:01:00

प्रतिकृया दिनुहोस्